कीवर्डहरू -

हाम्रोपात्रोमा बोर्ड अफ डिरेक्टरको अध्यक्षको रुपमा जोडिए रुद्रप्रसाद पाण्डे

हाम्रोपात्रोमा बोर्ड अफ डिरेक्टरको अध्यक्षको रुपमा जोडिए रुद्रप्रसाद पाण्डे

रुद्रप्रसाद पाण्डे हाम्रोपात्रोको बोर्ड अफ डिरेक्टरको अध्यक्षमा नियुक्त भएका छन् । उनीले हाम्रो पात्रोको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शकंर उप्रेती र वरिष्ठ टिमसँग मिलेर हाम्रो पात्रोका लागि काम गर्ने भएका छन् । उनी डियरवाक इन्टिच्युट अफ टेक्नोलोजी संस्थाका अध्यक्षसमेत हुन् ।

‘देशको आईटी क्षेत्रमा ठूलो योगदान दिनुभएको रुद्र दाइलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा म एकदमै उत्साहित छु । मैले ६ वर्षभन्दा बढी समयसम्म डिटुहकाईमा उहाँको नेतृत्वमा रहेर काम गरेको छु,’ हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले भने, ‘आज हाम्रो टिमलाई नेतृत्व गर्नेगरी उहाँसँग काम गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो ।’

नेपालको सफ्टवेयर क्षेत्रमा जग हाल्ने श्रेय पाएका पाण्डेले विभिन्न आईटी कम्पनी र सामाजिक संस्था सञ्चालन गरिरहेका छन् ।