कीवर्डहरू -

लेनोभोको दुई नयाँ ट्याब्लेट नेपाली बजारमा सार्वजनिक

लेनोभोको  दुई नयाँ ट्याब्लेट नेपाली बजारमा सार्वजनिक

लेनोभोको दुई नयाँ ट्याब्लेट नेपाली बजारमा सार्वजनिक भएको छ । लेनोभोको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालि रहेको छ ।

कम्पनीले ‘एम ८’ र ‘एम १० एफएचडी प्लस’ गरी दुई मोडलको ट्याब ल्याएको छ । ‘एम ८’ ट्याब ३ जीबी ¥याम तथा ३२ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ ।

त्यस्तै ‘एम १० एफएचडी प्लस’ ४ जीबी ¥याम तथा १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । नेपाली बजारमा ‘एम ८’ को मूल्य २१ हजार ९९० रूपैयाँ र ‘एम १० एफएचडी प्लस’ को मूल्य ४३ हजार ९९० रूपैयाँ रहेको छ ।