कीवर्डहरू -

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार

विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन्  । स्वारसँग नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढी अवधिको कार्य अनुभव रहेको बैंकले जनाएको छ ।

स्वारलाई बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेकी थिइन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश लिएकी थिइन् ।