कीवर्डहरू -

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् ।

पर्सको आकारमा आएका यी फोनहरुले प्रयोगकर्ताको मन जित्न सफल भएका छन् । यी दुई स्मार्टफोनले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ ।अहिले यी दुई स्मार्ट फोनहरुको माग धान्न नसक्ने स्थिति आएको सामसङ नेपालले जानकारी दिएको छ ।