कीवर्डहरू -

नेपालमा औपचारिक रुपमा भित्रियो चेरी ब्राण्ड

नेपालमा औपचारिक रुपमा भित्रियो चेरी ब्राण्ड

अटोमोबाइल ब्रान्ड चेरी औपचारिक रुपमै नेपाल भित्रिएको छ । शारदा ग्रुप अन्तर्गतको एस.पि.जी.अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डलाई नेपाल भित्र्याएको हो । अर्थात् चेरीका लागि नेपालको आधिकारिक वितरकको रुपमा एसपिजी अटोमोबाइल्स नियुक्त भएको हो ।

कम्पनीले सुरुवाती चरणमै नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभी उतारेको छ । १.५ लिटर नेच्यूरल्लीएस्पिरेटेड म्यानुअल ट्रान्समिसनमा उपलब्ध चेरी टिग्गो ४ प्रो एसयूभीतीन भेरियन्टमा उपलब्ध रहेको छ । १.५ लि. नेच्यूरल्लीएस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ ।

नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पि.एस.) तथा अधिकतम पावर २१० एन.एम.को अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि.प्रति लिटर रहेको कम्पनीले जनाएको छ ।

नयाँ टिग्गो ४ प्रो एसयूभीमा ४३१८ एम.एम लम्वाई, १८३० एम.एम.चौडाई,२६१० एम.एम. व्हीलबेस र १६७० एम.एम.को उचाई रहेको छ । टिग्गो ४ प्रोएसयूभीको ग्राउण्ड क्लियरेन्स २०० एम.एम. रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध  छ ।

नयाँ टिग्गो ४ प्रोएसयूभीमा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी व्हील समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी–टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टी लुक्स् प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभीमा पावर सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउन सकिन्छ ।

हाल बजारमा उपलब्ध चेरीको तीन नयाँ मोडल टिग्गो ४ प्रो एसयूभिक १.५ को सुरुवाती मूल्य ४६ लाख तोकिएको छ भने टिग्गो ४ प्रो १.५ सीभीटीको ५२ लाख ५० हजार रुपैयाँ र टिग्गो ४ प्रो १.५ टर्बो सीभीटीको मूल्य ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

चिनियाँ ब्रान्ड चेरी निर्माता कम्पनी अटो मोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो । विगत २० वर्षमा, चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरुमार्फत ५,५०० भन्दा बढी व्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेका छन् ।

अहिलेसम्म, चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्ना सवारी साधनहरु निर्यात गरिसकेको छ भने १० विदेशी कारखानाहरू, १५०० भन्दा बढी विदेशी डिलरहरु र सेवा आउटलेटहरु स्थापना गरिसकेको छ ।