कीवर्डहरू -

\'मोबाइल एप उद्योगको भविष्य\' विषयमा ह्वावेले आयोजना गर्याे आईओईका विद्याथीका लागि वेबिनार

\'मोबाइल एप उद्योगको भविष्य\' विषयमा ह्वावेले आयोजना गर्याे आईओईका विद्याथीका लागि वेबिनार

आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ् इन्स्टिच्युटका विद्यार्थीहरूको लागि “मोबाइल एप उद्योगको भविष्य“ विषय मा वेबिनारको आयोजना गरेको छ । ह्वावे टेकनोलोजिले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङसँगको सहकार्यमा वेबिनार आयोजना गरेको हो ।

वेबिनारले ह्वावे र आईओई बीचको शैक्षिक मोर्चामा सहकार्य को सुरुवात गरेको छ । कार्यक्रममा वक्ताहरुमा आईओई बाट एसोसिएट प्रोफेसर डा. बसन्त जोशी, ह्वावे नेपाल का सिईओ विलियम झाङ, ह्वावे ईन्डिया का एसोसिएट उपाध्यक्ष मुरली वी, ह्वावे ईन्डिया बाट सिस्टम आर्किटेक्ट अभिषेक, र ह्वावे ईन्डिया बाट रेबन्त रहेका थिए ।

ह्वावे नेपालका सीईओ विलियम झाङले नेपालमा ह्वावेको योगदानको बारेमा कुरा गरेका थिए र नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन डिजिटल प्रतिभालाई तालिम दिने ह्वावे को योजनाबारे छलफल पनि गरे । आईओईबाट डा. बसन्त जोशीले सहयोगको लागि ह्वावेलाई धन्यवाद दिदै ह्वावेसँग दिर्घकालिन सहयोगको आश्वासन पनि दिएका छन् ।

मुरली वी, ह्वावे ईन्डियाका एसोसिएट उपाध्यक्षले त्यसपछि ह्वावे मोबाइल सेवाहरू, यसका सुविधाहरू, इच्छुक विकासकर्ताहरूको लागि दर्ता प्रक्रिया, र ह्वावे समुदायको योगदानका सम्भावनाहरू तथा अन्य कुराहरूका बारेमा जानकारी दिएका थिए । उहाँले ह्वावे द्वारा प्रस्तावित एचएमएस पाँच हप्ताको फाउन्डेशन कोर्सको बारेमा पनि स्पष्ट चित्र दिएका थिए । “सर्टिफिकेसन र तालिम कार्यक्रम पूरा गर्ने विद्यार्थीले उद्योगलाई तयार र उद्योग सान्दर्भिक बनाउनुपर्छ”, भन्ने कुरामा मुरलीले जोड दिएका छन् ।

वेबिनारमा सिस्टम आर्किटेक्ट अभिषेकले एचएमएसको प्राविधिक क्षमताहरू बारे व्याख्या पनि गरे । उनले  एचएमएस द्वारा समर्थित टूलकिटहरू चलाएका थिए जसमा मेसिन लर्निङ किट, स्क्यान किट, लोकेशन किट आदि समावेश थिए । यी सबैलाई कुइक डेमोका साथमा देखाईएको थियो । यो वेबिनारको रेकर्डिङ यस ग्रुपमा जोडिएर हेर्न सकिनेछ ।