कीवर्डहरू -

मुइन इन्टरनेशनलले नेपालमा सार्वजनिक गर्याे दाहुआ सेक्युरिटी तथा आईओटी प्रडक्ट

मुइन इन्टरनेशनलले नेपालमा सार्वजनिक गर्याे दाहुआ सेक्युरिटी तथा आईओटी प्रडक्ट

मुइन इन्टरनेशनलले नेपालमा 'दाहुआ'का नयाँ सेक्युरिटी तथा आईओटी स्मार्ट प्रडक्टहरु सार्बजनिक गरेको छ । शनिबार म्यारियट होटलमा आयोजना गरिएको कार्यक्रममा मुइन इन्टरनेशनलले दाहुआ टेक्नोलोजीको नयाँ प्रोडक्टहरु संगै नेपालको लागि बिक्रेताको रुपमा सम्झौता गरेको छ। कम्पनीले अबदेखि देशभर आफ्ना १०० भन्दा बढी वितरक मार्फत दाहुआका प्रडक्टहरु बिक्रि वितरण गर्नेछ ।

अब दाहुआ प्रविधिका नयाँ सेक्युरिटी, स्मार्ट होम र आईओटी प्रविधीलाई देशभर विस्तार गर्नलाई मुइन इन्टरनेशनलले काम गर्ने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष गौतमले बताएका छन् ।

\"\"

नेपालमा केही वर्ष देखी यसका उत्पादन उपलब्ध हुन थालेका छन् । मुइन इन्टरनेशनल नेपालले एक दशक देखी सेक्युरिटी तथा हाजिरी मेसिन लगायतको प्रविधी विस्तारमा काम गर्दै आएको छ । मुइनले देशभरी सय भन्दा बढि व्यवसायीहरुसँग काम गर्दै आएको छ ।

\"\"

त्यस्तै दाहुआ प्रविधि पनि विश्वमा अग्रणी भिडियोमा आधारित आईओटी सोल्यूसन र सेवा प्रदायक हो । यो विश्वको अग्रणी सुरक्षा क्यामेरा, आईओटी सम्बन्धी नया प्रविधी विकास गर्दै आएको कम्पनी हो । दाहुआले सुरक्षित र स्मार्ट सामाजको विकासमा निरन्तर रुपले काम गर्दै आएको छ । संसारलाई अझै सुरक्षित बनाउनका निम्ति दाहुआ प्रविधिले प्रडक्ट तथा सेवाहरुको विकास गरिरहेको छ ।