कीवर्डहरू -

स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

स्मार्टडोकोको तिहार अफर, ब्रान्डेड सामान खरिद गर्दा ६० प्रतिशतसम्मको छुट पाइने

ईकमर्स कम्पनी स्मार्टडोले चाडपर्वको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर सार्वजनिक गरेको छ । कम्पनीले तिहारको समयमा स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, अक्सेमबर्ग, सीजी, टिपटप, ब्ल्याक एन्ड डेकर, हर्नबुल, भर्जिन्स, लुमिनार्क जस्ता ब्रान्डका समान खरिद गर्ने ग्राहकलाई ६० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।

यसपटक ग्राहकहरूले भाइको कोसेली, बहिनीलाई उपहार, धन्तेरस, घरमा तिहार जस्ता छुटका विभिन्न विकल्प प्राप्त गर्नेछन् । स्मार्टडोकोले ‘हाम्रो स्मार्ट तिहार’ अफरमा आफ्ना ग्राहकलाई इलेक्ट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एप बाट अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोमा दश हजारभन्दा बढी प्रडक्टहरू रहेका छन् ।

ग्राहकले कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड तथा ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर गरी दश फरक क्याटेगोरीका सामानहरू खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामानको डेलिभरी पाउने कम्पनीले जनाएको छ ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्कमा सामान डेलिभरी सुविधा पाउने बताइएको छ । यो अफर १२ कात्तिक २०७८ देखि १६ कात्तिक २०७८ सम्म लागू हुनेछ ।