कीवर्डहरू -

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७ र बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७ का लागि शीर्ष ५ ले प्रतिष्पर्धा गरिरहेका छन् । शीर्ष ५ स्टार्टअप र प्रडक्टमध्ये शीर्ष ३ मा अटाउने प्रतिष्पर्धीलाई अवार्ड दिइने छ ।

शीर्ष ५ स्टार्टअप कम्पनी

\"\" बसोबास नेपाल प्रालि
घरजग्गा कारोबारलाई अनलाइनबाटै व्यवस्थित गर्ने उद्धेश्यका साथ सन् २०१४ देखि वेबसाइटको रुपमा सञ्चालनमा आएको हो बसोबास नेपाल प्रालि कम्पनीको रुपमा गत फेब्रुअरीदेखि सञ्चालनमा आएको हो ।

शंखमुल काठमाडौंमा कार्यालय रहेको यस कम्पनीको मुख्य प्रडक्ट बसोबास डटकम हो, जसलाई नेपालकै पहिलो अनलाइन प्रोपटी मार्केट प्लेसको रुपमा विकास गरिएको छ । बसोबास डटकमले जग्गा, घरजस्ता सम्पत्तीका बिक्रेता र खरिदकर्तालाई एकै ठाउँमा ल्याएको छ । घरजग्गा बेच्ने वा किन्ने दुवैले यो अनलाइन मार्केटिग प्लाटफर्म प्रयोग गरे एजेन्टलाई कमिशन र ट्याक्स तिर्नुपर्ने बाध्यता त हट्ने नै छ, छिटो काम पनि बन्ने छ ।

यो कम्प्लिट प्रोपर्टी मार्केट प्लेस हो । याे 'प्रोपटी ओनर' र 'प्रोपर्टी बायर'लाई जोड्ने माध्यम बनेकाे छ । यतिमात्रै होइन यसले रियलस्टेट एजेन्सीलाई बिक्रेता र खरिदकर्ताको तथ्यांक उपलब्ध गराएर प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ ।

कसैलाई घर वा फ्ल्याट चाहिएको छ भने अब चिन्ता लिइरहनु पर्दैन । बसोबास डटकमले तपाईको चाहेको मूल्य, ठाउँ, आकारअनुसारका घर, फ्ल्याट, जग्गा आदि अनलाइनमै उपलब्ध गराइदिन्छ । बिक्रेताले आफ्नो बजेटअनुसारको प्रोपर्टी पाउने सुविधा दिएको छ ।

क्याचीरोड प्रालि \"\"
क्याचीरोड लोकल सर्च इन्जिन हो, जसअन्तर्गत जोकोहीले आफ्नो बिजनेश प्रोमोशन गर्न सकिन्छ । यसले नेपालको लोकल बिजनेश प्रोमोट गर्ने उद्धेश्य राखेको छ । यसमा बिजनेश –(प्रडक्ट÷सर्भिस) सोकेस गर्न, इभेन्ट सोकेसन गर्नका साथमा ब्लगहरु अपडेट गर्न सकिन्छ ।

क्याचीरोडमा आफ्नो वेबसाइट रजिस्टर गर्दा क्याचीरोडको पेजमा मात्रै नभई सर्च इन्जिनहरु गुगल, याहू, बिङ आदिमा टप र्याकंमा ल्याउन सकिन्छ । यतिमात्रै नभई क्याचीरोडमा युजरहरुले सम्बन्धित प्रडक्ट र पेजको रिभ्यु र रेट गर्न सक्ने सुविधा पनि छ ।

त्यस्तै अर्को यसको आकर्षक फिचर भनेको यसले अन्टरनेटिभ साइटको रुपमा काम गर्नु हो । यदि तपाईको वेबसाइट सटडाउन भएको वा केही समस्याले चल्न सकेन भने क्याचीरोडलाई वैकल्पिक वेबसाइटको रुपमा प्रयोग गर्न सकिन्छ । यो मोबाइल फ्रेन्ड्ली हो ।

३००० भन्दा बढी भेरिफाइड बिजनेश छ जहाँ नियरबाइ बिजनेश खोज्नुहुन्छ भने क्याचीरोडमा खोज्नुहुन्छ । क्याचीरोड एउटा अनलाइन मार्केटिगं प्लेस हो, जहाँ विभिन्न किसिमका प्रडक्टको सूचीमात्रै नराखी फोटो, भिडियो अपलोड गर्न सकिने र सिधै सोसल मिडियामा सेयर गर्न सकिन्छ । मार्केट प्लेसमा कुनै प्रडक्ट किन्न चाहे किन्न सकिन्छ ।

पाइला टेक्नोलोजी प्रालि \"\"
पाइला टेक्नोलोजी एउटा टेक स्टार्टअप कम्पनी हो । यसले रोबोटिक्स र अटोमेसन क्षेत्रमा काम गरिरहेको छ । यो कम्पनी स्थापना भएको ७ महिना भयो । यो अवधिमा कम्पनीले ३ प्रडक्टको लञ्च र टेस्ट सफलताका साथ गरेको छ । यसको पहिलो प्रडक्ट अटोमेटिक धारा हो, जुन अटोमेटिक वाटर लेभल कन्ट्रोल सिस्टम हो । यसले घर, अफिस महल लगायतका वाटर सिस्टमलाई अटोमेट गरिदिन्छ ।  यो एउटा त्यस्तो प्रडक्ट हो, जसबाट वाटर लेभल कन्ट्रोल सिस्टमलाई वायरलेस मोडबाट सञ्चालन गर्न सकिन्छ ।

परी अर्काे प्रडक्ट (राेबाेट) हाे, जुन केही हप्ताअघि काठमाडौंको दरबारमार्गस्थित नेपाल एसबिआई बैंकमा लञ्च गरिएको छ । यसको अरु भर्जनको डेभलपमेन्ट र अरु बैंक, महल, रेस्टुराँ इत्यादीमा यसको प्रयोग गर्ने तयारी कम्पनीले गरिरहेको छ ।

त्यसैगरी पाइला टेक्नोलोजीको अर्को प्रडक्टको रुपमा भिएफडी अर्थात् भेरिएबल फ्रिक्वेन्सी ड्राइभ हो । हाल नेपालमा सञ्चालित उद्योगहरुमा प्रयोग हुने मोटर कन्ट्रोलहरु विदेशबाट आयात हुन्छ । पाइला टेक्नोलोजीले नेपालमै पहिलो पटक भिएफडी सफलताका साथ परीक्षण गरेको छ र नेपालका उद्योगहरुलाई यो प्रडक्ट प्रदान गर्न ’म्यानुफेक्चरिङ फेजमा गइसकेको छ । अब लो कस्ट र राम्रो टेक्निकल सपोर्टका साथमा खरिद गर्न सकिन्छ ।

साेनीटेक प्रालि \"\"
दुई शब्द सफ्टवेयर र एनिमेशनबाट सक्षिप्तीकरण गरेर सोनीटेक कम्पनी प्राइभेट लिमिटेड स्थापना गरिएको हो । यो कम्पनी २०१६ को जुलाइमा स्थापना गरिएको हो । यो कम्पनीले अहिले भइरहेका म्यानुअल कामलाई अटोमेट गर्ने भिजनका साथमा हरेक मानिसको हातमा आई लर्निङ बुक्सहरु ल्याउने काम अघि बढाएको छ ।

यस कम्पनीले आइ लर्निग सिस्टमहरु (बुक्सलाई डिजिटलाइज गर्ने), कस्टमबेस्ड सफ्टवेयरहरु (अनलाइन÷अफलाइन सफ्टवेयर, डेस्कटप एप्लिकेशन)मा एमआइएस, लाइब्रेरी म्यानेजमेन्ट सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम आदि बनाइरहेको छ ।

त्यसैगरी मोबाइल एप्लिकेशन डेभलपमेन्टमा विभिन्न प्लेटफर्ममा एप बनाएको छ । त्यस्तै कम्पनीले रेस्पोन्सिभ वेबसाइट निर्माण गर्ने कामका साथमा डाटा एनालाइसिस गर्ने डाटा माइिनिङका कामहरु पनि गरिरहेको छ ।

वेब डेभलपमेन्ट, रेस्पोन्सिभ वेबसाइट, कस्टम सफ्टवेयर र आइ लर्निङ र डाटा म्यानेजमेन्ट सिस्टम आदिमा क्षेत्रमा यसले काम गरिरहेको छ ।

जेफ्टवेयर सोलुसन्स प्रालि \"\"
जेफ्टवेयर सोलुसन्स प्रालि मोफसलमा रहेर काम गरिरहेको आइटी स्टार्टअप हो । विराटनगरमा कार्यालय रहेको जेफ्ट वेयर प्रालिले मुख्य गरी स्कुल म्यानेजमेन्ट सफटवेयरमा आधारित रही काम गरिरहेको छ । सन् २०१६ को अगस्टमा दर्ता भएको यस कम्पनीले हालसम्म १६ भन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

जेफ्टवेयर सोलुसन्सले निर्माण गरेको “जेफेड” क्लाउड बेस्ड “ई आर पी” भएको नेपालकै पहिलो true SAAS प्रोडक्ट भएको कम्पनीको दाबी छ ।

स्कुल कलेजहरुलाई चाहिने परीक्षा, फाइनान्स, एच आर, बिल बनाउने, ई-पुस्तकालय आदि सबै एकै सफ्टवेरले गर्ने जेफेडलाई शिक्षक,विद्यार्थी, अभिभावक सबैले मिलेर चलाउन सक्छन् । यो सफ्टवेरको प्रयोगले विद्यार्थी र अभिभावक बिचको दुरी कम हुने, विद्यार्थीको प्रगति विवरण घर बाटै हेर्न मिल्ने , घरमै बसी बसी आफ्नो गुनासो हरू राख्न पाइने पगायत थुप्रै विशेषता भएकोले यो सफ्टवेर अन्य सफ्टवेरको तुलनामा अबल रहेको कम्पनीको दाबी छ ।

जेफेडले बिद्यालयमा हुने सबै कार्यहरू गर्न सहजिकरण गर्ने कम्पनीले जानकारी दिएको छ। क्लाउड बेस्ड ई आर पी सोलुसन मा ३० भन्दा धेरै मोडुल्सहरु समावेश गरिएको बताइएको छ । नविनतम प्रविधि प्रयोग गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारनै जेफेड निर्माण गरिएको छ । प्रयोग गर्न छिटो छरितो र क्लाउड सर्भरमा डाटा सेभ गरिएको हुँदा बर्षौ वर्ष सम्म पनि डाटाहरु सुरक्षित हुन्छ ।

शीर्ष ५ इन्नाेभेटिभ प्रडक्ट

बिग फुट \"\"
बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डमा शीर्ष ५ मा पर्न सफल प्रडक्ट हो बिग फुट । इन्जिनियरिगं अड्डा नेपाल प्रालिले विगत डेढ वर्षदेखि रिसर्च गरेर भर्खरै मार्केटमा ल्याएको बिग फुटले हात्तीको चाललाई वायरलेस सेन्सर नेटवर्क र कम्प्युनिटीबेस्ड अलर्टको प्रयोग गरी रियल टाइम ट्याकिग गर्दछ र मानिसलाई एसएमएसमार्फत् पूर्व सूचना दिने काम गर्छ ।

नेपालमा हुने धेरै समस्यामध्य जंगली हात्तीको आक्रमण पनि एक हो । हात्तीको आक्रमणबाट झापा, बर्दिया, सुनसुरी चितवनजस्ता ठाउँमा वर्षेनी थुप्रै मानिसले ज्यान गुमाउनु परेको छ । साथै लाखौं÷करोडौंको जनधनको क्षति पुन हुने गरेको छ । यतिमात्रै होइन ज्यान र जनधन जोगाउन धेरै ठाउँमा हात्तीलाई पनि मार्ने गरिदै आइएको छ । यस्ता ’हात्ती—मानिस द्धन्द‘लाई कम गर्न डेढ वर्षदेखि अनुसन्धान गरेको इन्जिनियरिङ अड्डा नेपालले हालै बिग फुट नामक रियल ट्रयाकिङ सिष्टम ल्याएको हो ।

हात्तीको चालसँगै हात्तीले सानो एम्प्लिच्युडको वेभहरु सिर्जना गर्दछ । त्यो वेभहरुलाई अध्ययन गर्न सकियो भने हात्ती कहाँ छ, कहाँ आउँदैछ भनेर थाहा पाउन सकिने नयाँ आइडियाको विकास गर्दै यो टिमले बिग फुट विकास गरेको हो । यो टिमले ६ महिनाअघि बर्दियाको पत्थरभोजी भन्ने ठाउँमा पाइलोटिङका लागि राखेको छ । र, यो अहिले पनि चालूको अवस्थामा रहेको छ ।

यो यस्तो डिभाइस हो, जुन जंगलमै गाडेर राखिन्छ र डिभाइसले त्यसपछि भर्चुअल फेन्स बनाउँछ र फेन्सले वरिपरी हात्ती आयो भने हात्ती कुन ठाउँमा कुन गतिमा जाँदैछ भनेर थाहा पाउन सकिन्छ । यसले गर्दा हात्ती गइरहेको ठाउँका मानिसलाई मोबाइलमा एसएमएसमार्फत् हात्ती आइरहेको कुरा जानकारी दिई बच्नको लागि आग्रह गर्छ । साथै यो टिमले नेपाली सेवा र रेन्जरहरुलाई समेत सूचना दिने काम गर्छ र हात्तीलाई नियन्त्रण गर्न धेरै सजिलो हुन्छ ।

एभरेस्ट कास्ट \"\"

अाइटेक नेपाल प्रालिले सन् २०१० देखि इन्टरनेट रेडियो सर्भिस प्रदान गर्दै आएको छ । हालसम्म ६९ जिल्लाको ३ सय ५० भन्दा बढी रेडियो स्टेशनलाई अनलाइन रेडियोको सर्भिस दिएको छ । इन्टरनेट रेडियो सर्भिस दिँदा आफ्नै कन्ट्रोल प्यानल विकास गर्ने सोचअनुरुप विकास भएको प्रडक्टको नाम हो, एभरेस्ट कास्ट ।

२०१५ देखि यस्तो कन्ट्रोल प्यानलको रिसर्च र डेभलपमेन्टको काम सुरु गरी २०१७ को जनवरीमा एभरेस्ट कास्ट विकास गरिएको हो ।  साउटकास्ट र आइसकास्ट होस्टिगं प्रदान गर्न यो प्रडक्ट लिनक्स अपरेटिङ सिस्टममा अाधारित छ । ।

यसबाट सजिलै स्ट्रिमिगंको एकाउन्ट खोल्न सकिुनका साथै कुनै पनि रेडियो स्टेशन वा जसलाई स्ट्रिमिगंको सर्भिस चाहिएको छ, उसले सजिलै होस्टिगं सेवा प्राप्त गर्न सक्दछ ।

अरु कुनै पनि कन्टेल प्यानलमा नभएको प्रोटोकल अर्थात् सेक्युर स्ट्रिमिङको प्रोटोकल यसमा प्रयोग गरिएको छ । यसमा वेबसाइटमा बजिरहेको रेडियो अरु कसैले अनाधिकृत रुपमा प्रयोग गर्न सक्दैन ।

गुनासो \"\"

कुनै संस्था, व्यक्ति, समुदाय वा सार्वजनिक महत्वको विषयमा सेवाग्राहीले मोबाइबाटै गुनासो टिपाउन सक्ने सुविधा दिएको छ गुनासोले । २०१७ को जनवरीमा मोबाइल एपको रुपमा रिलिज भएको गुनासो केभ टेक्नोलोजीले विकास गरेको हो ।

भक्तपुर नयाँ ठिमीमा अवस्थित केभ टेक्नोलोजीले आइटीका विभिन्न प्रडक्ट निर्माणमा काम गरिरहेको छ । यसको पछिल्लो प्रडक्ट गुनासोले सेवाग्राहीहरुको गुनासो र प्रतिक्रियाहरुलाई जम्मा गर्न, संगठित गर्न र ब्याख्याा गर्न निकै सहयोग पुर्याएको छ ।

कम्पनीले पछिल्लो डाटा साइन्सको क्षेत्रहरु एनएलपी, मसिन लर्निगं, डिप लर्निगंजस्ता आधुनिक प्रविधिहरुको प्रयोग गरेर यो प्रडक्टमार्फत फिडब्याक म्यानेजमेन्ट गर्ने तरिकालाई आधुनिक र प्रविधिमैत्री बनाउने काम थालेको छ ।

केभ टेक्नोलोजी काठमाडौं विश्वविद्यालयको बिजनेश इनक्युबेशन सेन्टरबाट खुलेको संस्था हो । कम्प्नीले ल्याएको पछिल्लो प्रडक्ट गुनासो फिडब्याक म्यानेजमेन्ट सिस्टम हो । यसले सेवाग्राहीका गुनासा र प्रतिक्रियालाई संस्थाको म्यानेजमेन्ट टिमसमक्ष लैजाने काम गर्दछ । यसले फिडब्याकलाई जम्मा गरेर म्यानेजमेन्टसमक्ष लैजाने मात्रै नभई फिडब्याकको विश्लेषण पनि गर्ने भएकाले म्यानेजमेन्टले नयाँ निर्णय लिन सक्छ । गुनासो एपले भाषा छुट्याउने, सकारात्मक वा नकारात्मक गुनासो छुट्याउने काम गर्छ ।

नेपाल भिआर \"\"

भर्चअल रियालीटीको सहयोगमा नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सुरु भएको प्रडक्ट हो, नेपाल भिआर । सिमान्टिक क्रिएसन प्राइभेट लिमिटेडले २०१६ को सेप्टेम्बरमा सार्वजनिक गरेको नेपाल भिआरले छोटो समयमै लोकप्रियता कमाउन सफल भएको छ ।

नेपालले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटनको प्रचुर सम्भावना भएको देश भएपनि हालसम्म अपेक्षा गरेको पर्यटक संख्यासम्म कहिल्यै पुग्न सकिएको छैन । यसका पछाडि विभिन्न कारण छन् । मुख्य कुरा पर्याप्त मात्रामा मार्केटिङ नभएकै कारण नेपालमा पर्यटक नआएका हुन् भन्ने तथ्य बुझेका केही युवाको टिमलले बनाएको प्रडक्टको नाम हो, नेपाल भिआर ।

भर्चुअल रियालिटी यस्तो नवीनतम प्रविधि हो, जसले मानिसलाई अर्कै दुनीयाँमा प्रवेश गराउँदै भावनात्मक सम्बन्ध कायम गराउँछ । नेपाल भिआर भनेको एउटा प्लाटफर्म हो, जहाँ पर्यटकीय ठाउँहरु, ट्रेकिङका गन्तव्य, म्युजियम, क्याफे, रेष्टुराँ, आर्ट ग्यालरी आदिका बारे जानकारी, भिडियो, ब्लगका साथै भर्चुअल रियालिटी कन्टेन्ट पनि हुन्छ । भिआर कन्टेन्ट भनेको इन्टरयाक्टिभ रुपमा स्टोरीको गहिराइमा पुगेर आफू अनूकुलको कथा अगाडि बढाउन सकिन्छ ।

परी \"\"
काठमाडौंको दरबारमार्गमा नेपाल एसबिआई बैंकले नेपालमै पहिलो पटक डिजिटल ब्राञ्च खोलेको छ यो डिजिटल ब्राञ्चमा सबै बैंकिङ कारोबार डिजिटल मशिनले गर्ने व्यवस्था गरेको छ । डिजिटल मशिनबाट सेवा प्रदान गर्ने योजना ल्याइएसँगै अब व्यक्तिले सम्पूर्ण बैकिङ कारोबारको जानकारी ग्राहकलाई दिन सकिदैन ।

यही समस्यालाई सम्बोधन गर्न नेपाल एसबिआई बैंकले त्यहाँ कुनै रोबोट राखेर सबै जानकारी सेवाग्राहीलाई दिन सकियो भने बैंकले कस्टमरसँग अझै राम्रो सम्बन्ध बनाउन सक्ने र यसले मानवीय श्रमलाई पनि न्यूनीकरण गर्ने योजना ल्यायो । बैंकले आफ्नो योजना साकार पार्न पाइला टेक्नोलोजीसँग प्रस्ताव गर्यो र पाइलाले बैंकको यो प्रस्तावलाई व्यवहारिक रुपमा साकार पार्न रोबोट बनायो, जसलाई नाम दिइयो परी ।

परी नेपालको पहिलो कमर्सियल बैंकिङ हुमन असिस्टेन्ट रोबोट हो, जसले हाल दरबारमार्गको एसबिआई बैंकमा आउने ग्राहकलाई बैंकिङ सेवाबारे जानकारी दिने, बैंकिभित्रका मशिनहरुको जानकारी दिने काम गर्दछ । रोबोटमा भएको इन्टरयाक्टिभ डिस्प्लेमा सेवाग्राहीले बैंकसँग सम्बन्धित प्रश्न र जिज्ञासा राख्न सक्छन् र यसको समाधान रोबाट आफैले नै दिने गर्छ ।