कीवर्डहरू -

काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने 

काठमाडौँ महानगर र ईसेवा बिच सम्भौता, अब घर बसी–बसी काठमाडौं महानगरबासीले सम्पूर्ण कर तिर्न सक्ने 

काठमाडौं महानगरबासीले अब घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन् । यो पक्षलाई अनलाइन बनाउनका निम्ति काठमाडौं महानगरपालिकाले अनलाइन प्लाटफर्म इसेवासँग सहकार्य गरेको छ । दुई पक्ष बिच आइतबार सम्झौता भएको हो ।

काठमाडौं महानगरबासीहरुले महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल जस्ता शुल्क पनि सजिलै इसेवा मार्फत भुक्तानी गर्न सकिने विज्ञप्तिमा जनाईएको छ । अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने महानगर र इसेवा दुवैको अपेक्षा छ ।

इसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने अकाउन्ट नभएकाले आफू नजिकै रहेका इसेवा जोन तथा प्वाइन्टमा गएर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

इसेवाबाट भुक्तानी सहजताका लागि महानगरबासीले सुरूमा वडा कार्यालयमा आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लग–इन आइडी लिनुपर्ने हुन्छ । त्यसपछि मात्रै इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ । योसँगसँगै काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजर नेम र पासवर्ड राखेर इसेवाबाट कर तथा राजस्व दाखिला गर्न सकिनेछ ।

यसअघि कीर्तिपुर, गोकर्णेश्वर, बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धनगढीमाई, धुलिखेल, गोदावरी, कावासोती, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, तिलोत्तमा र सुन्दरहरैंचा गरी १४ नगरपालिका, इटहरी, बुटवल, हेटौंडा र धरान उपमहानगरपालिका र विराटनगर महानगरपालिका लगायतले पनि इसेवाबाट कर तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा संचालनमा ल्याइसकेका छन् ।

यस्तै, विष्णुपुर, छथर जोरपाटी, केराबारी, थुलुङ दूधकोशी लगायतका गाउँपालिकामा पनि इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने भइसकेको छ ।