कीवर्डहरू -

शिक्षामा आधुनिकीकरणसँगै आमूल परिवर्तन आवश्यक

शिक्षामा आधुनिकीकरणसँगै आमूल परिवर्तन आवश्यक

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो छ । हाम्रो अहिलेको परम्परागत शिक्षा बिधिले विद्यार्थीहरुलाई परिक्षामा पास हुन र जागिर खान मात्र सिकायो । पढेको र सिकेको कुरा बुझ्ने बनाएको छैन ।

प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षाले विद्यार्थीहरुलाई धेरै फाइदा हुने र सजिलोसंग पढेको कुरो बुझ्ने बनाउँछ । बुझेर पढेको कुरा धेरै बेरसम्म स्मरणमा रहिरहने हुनाले गर्दा प्रयोगात्मक र अन्तरक्रियात्मक पढाईमा जोड दिनुपर्ने आवश्यकता देखा परेको छ ।

आधुनिक शिक्षा बिधि अहिलेको आवश्यकता

नेपालको परम्परागत शिक्षामा आधुनिकीकरणको आवश्यकता छ । आधुनिक शिक्षा बिधि अहिलेको आवश्यकता बनिसकेको छ । त्यसैले सबैले आधुनिक शिक्षा बिधि अपनाउनुपर्ने देखिन्छ । स्मार्ट बोर्ड, प्रोजेक्टर, अनलाइन कक्षा, अनलाइन कोर्स, भिडियो कोर्स, क्विज़ र अन्य अन्तरक्रियात्मक सामग्रीहरुको उपयोग गरिनुपर्ने आवश्यकता देखापरेको छ । यसका साथ(साथै पाठ्यक्रममा पनि परिवर्तनको आवश्यकता छ । पुराना सैद्धान्तिक पाठ्यक्रमहरु हटाएर नयाँ र आधुनिक पाठ्यक्रमको जरुरत छ । प्रयोगात्मक र अन्तरक्रियात्मक पाठ्यक्रममा विशेष जोड दिनुपर्ने देखिएको छ ।

\"\"

यहि कोरोनाले गर्दा अहिले शिक्षा क्षेत्रमा आधुनिक परिवर्तनको खाँचो देखा परेको हो । भविष्यमा फेरी यसरी विद्यार्थीहरुको पढाईमा असर नपरोस् भनी केहि नयाँ खोज र प्रयोगको आवश्यकता देखा परेको छ । सामाजिक दुरीमा पनि पठन-पाठन संचालन गर्न सक्ने केहि युक्ति निकाल्नु पर्ने भएको छ । अनलाइन कक्षा र अनलाइन कोर्सहरुलाई अझै परिस्कृत गर्नुपर्ने भएको छ ।

अनलाइन शिक्षा, प्रभाकारी बनाउन जरुरी

विश्व हालसालै कोरोनाको कहरबाट उठ्दै छ । लगभग २ बर्ष जति शैक्षिक संस्थाहरु बन्द रहे । यस्तोमा सम्पुर्ण विद्यार्थीहरुको पढाई ठप्प भयो । भौतिक उपस्थितिमा स्कुल-कलेज संचालन गर्न मिलेन । केहि स्कुल-कलेजहरुले अनलाइन कक्षाहरु संचालन गरे जुन त्यति प्रभावकारी देखिएन ।

यहि कोरोनाले गर्दा अहिले शिक्षा क्षेत्रमा आधुनिक परिवर्तनको खाँचो देखा परेको हो । भविष्यमा फेरी यसरी विद्यार्थीहरुको पढाईमा असर नपरोस् भनी केहि नयाँ खोज र प्रयोगको आवश्यकता देखा परेको छ । सामाजिक दुरीमा पनि पठन-पाठन संचालन गर्न सक्ने केहि युक्ति निकाल्नु पर्ने भएको छ । अनलाइन कक्षा र अनलाइन कोर्सहरुलाई अझै परिस्कृत गर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट कक्षाहरु संचालन गर्नु पर्ने देखिएको छ ।

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको खाँचो

यसरी शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको खाँचो टट्कारो रुपमा देखा परेको छ । शिक्षामा ब्यापारीकरण र राजनीतिकरण अझै व्याप्त रहेको छ । शिक्षा धनि र गरिबका लागि दुई थरि हुनुहुदैन । सामान्य आर्थिक अवस्था भएकाहरुले पनि पढ्न पाउनुपर्ने स्थितिको सिर्जना गर्न जरुरि छ । शिक्षा उद्योग हैन, सेवा हो भन्ने सबैले बुझ्नुपर्छ । त्यसैले हाम्रो शैक्षिक प्रणालीमा आमूल परिवर्तनको आवश्यकता छ ।

शिक्षा क्षेत्रको बजेट बैज्ञानिक बनाउन आवश्यक

सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, बजेट वैज्ञानिक नभएको शिक्षाविदहरुले टिप्पणी गरेका छन् । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७(०७८ को बजेटले वर्तमान शिक्षाका समस्या सम्बोधन गर्न नसकेको विज्ञहरुले बताएका छन् ।

दिवा खाजा, छात्रवृत्तिका कार्यक्रम सकारात्मक भए पनि बजेटले माध्यमिक शिक्षा निःशुल्क गर्ने उपाय दिन सकेको छैन । कोभिड–१९ का कारण पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै सरकारले भर्चुअल कक्षा, अनलाइन शिक्षा र रेडियो तथा टिभीमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन गराउने योजना बनाएको छ । तर, सरकारले स्पष्ट खाका तयार पार्न सकेको छैन । यो बजेटले पनि विभेदकारी शिक्षा प्रणालीको अन्त्य गर्न सकेको छैन । सरकारले निःशुल्क र समानतामूलक शिक्षा भने पनि कार्यान्वयनमा आउन सकेको छैन ।