तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन भनेर कसरी निश्चित गर्ने ?
यदि तपाईँको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ । तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ ।
पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस र भाइरस टोटल डटकममा जानुहोस । भाइरस टोटलमा तपाईलाई तीनवटा विकल्प हुन्छ ।
एउटा फाइलको अर्को युआरएलको र त्यसैगरी अर्को सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जाकारी पाउन सबैभन्दा पहिले भाइरस टोटलको फाइलमा जाने त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्ने र स्क्यान गर्ने ।
यदि त्यो भन्दा पहिले कसैले त्यो फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईँलाई रिपोर्ट जस्तो देखाउँछ । यदि त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस छैन् ।
यदि भाइरस भए जिरो भन्दा अन्य अंक देखाउछ । यदि त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ ।