कीवर्डहरू -

रियलमीले चाँडै नेपाली बजारमा ‘जीटी नियो २’ सार्वजनिक गर्दै 

रियलमीले चाँडै नेपाली बजारमा  ‘जीटी नियो २’ सार्वजनिक गर्दै 

स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याइने भएको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन  लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज सार्वजनिक हुने भएको हो  ।

चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ । रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकमको चिप,अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ रिफ्रेस रेट र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जाल मार्फत रियलमीका को सीएमओ र चेसले गरेका थिए ।

रियलमी जीटी नियो २ आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुने भएको छ । थप जानकारीका लागि www.realme.com मा सम्पर्क गर्नुहोस् ।