कीवर्डहरू -

यसरी बचाउन सकिन्छ आफ्नो मोबाइलको ब्याट्री

यसरी बचाउन सकिन्छ आफ्नो मोबाइलको ब्याट्री

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ । या पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ ।

आज हामि ब्याट्रीको ब्याकप लामो समयसम्म रहनको लागि केही तरिकाहरुको बारेमा जानकारी दिदै छौ ।

वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्ने

वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस । कुनै बेला हामि बिना काममा पनि यि खोलेर राख्छौ ।

कुनै ठाउँमा वाइफाईको सुविधा नै छैन तर वाईफाई खुलि राखेको हुन्छ । वा कसैलाई कुनै फाइल पठाउनको लागि ब्लुटुथ खोलेपछि  बन्द गर्न बिर्सनु भयो ।

यि मोबाइलमा भएका यस्ता फिचरलाई जब आवश्यक पर्छ तब मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस ।

अटोमेटिक एप अपडेट्सलाई बन्द गर्ने

तपाई प्लेस्टोरमा अटो एप अपडेटलाई अन गर्नु भएको छ । मानौ कुनै एपको अपडेट आयो तर त्यो समयमा तपाईलाई अपडेटको आवश्यक छैन् ।

तर पनि एप आफै अपडेट हुन्छ । यसले गर्दा अपडेट हुने समयमा ब्याट्रीको आवश्यकता पर्छ । त्यसैले अटो अपडेलाई बन्द गर्नुहोस ।

टच साउन्डलाई बन्द गर्ने

मोबाइलमा टच गर्दा वा टाइप गर्दा जुन साउन्ड आउछ । त्यो साउन्डलाई बन्द गर्नुहोस ।

किनकि त्यसको कुनै आवश्यकता नै छैन । जुन साउन्ड आवश्यकनै छैन । ति सबै साउन्डलाई अफ गर्नुहोस ।

ब्राइटनेस कम र स्क्रिन टाइम कम राख्ने

आफ्नो आवश्यकता अनुसार ब्राइटनेस म्यानुल्ली कम गर्नुहोस । त्यसैगरी स्क्रिन टाइम आउट पनि कम राख्नुहोस । कुनै बेला तपाईको मोबाइलमा नोटिफिकेसन आयो । त्यो तपाईले हेर्नुभयो ।

हेरेपछि स्क्रिन टाइम आउट कम छ भने ठिकै छ । यदि स्क्रिन टाइम आउट २ मिनेट, ५ मिनेट, १० मिनेट छ भने तपाईको ब्याट्रीको पावर खर्च हुन्छ । त्यसैले तपाईको स्क्रिन टाइम आउट १५ सेकेण्ड ३० सेकेण्ड राख्नुहोस ।

लाईभ वालपेपर हटाउने, डार्क मोड अन गर्ने

मोबाइलमा लाईभ वालपेपरको साटो स्ट्याटिक फोटोको प्रयोग गर्नुहोस । यदि तपाईको फोनमा एमोलेड वा ओलेड स्क्रिन छ भने प्लेन ब्ल्याक वालपेपरको प्रयोग गर्नुहोस ।

यदि तपाईको मोबाइलमा डार्क मोडको सुविधा छ भने यसको प्रयोग गर्न सक्नु हुन्छ । जसले गर्दा ब्याट्रीको लाइफ बढि हुन्छ ।

चाहिएको एपमा मात्र डेटा प्रयोग गर्ने

ब्याग्राउन्डमा विभिन्न एपले डेटा खपत गरिरहेका हुन्छन् । जसले गर्दा ब्याट्रीको पनि खपत भैरहेको हुन्छ ।

यसको लागि सेटिङमा गएर आफुलाई नचाहिएको एपको लागि ब्याकग्राउन्ड डेटा बन्द गर्न सक्नु हुनेछ । यसले गर्दा डेटा र ब्याट्री खपत कम हुन्छ ।

डुप्लिकेट चार्जर प्रयोग नगर्ने

डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस । यसले गर्दा ब्याट्री राम्रो सँग चार्ज नहुने र ब्याट्रीको लाइफ पनि घट्दै जान्छ ।

भ्वाइस असिस्टेन्टलाई बन्द गर्ने

गुगलको गुगल असिस्टेन्ट र आईफोनको सिरीलाई बन्द गर्नुहोस । जसले गर्दा तपाईको फोनमा माइक्रोफोन अन हुन्छ । यसले गर्दा ब्याट्री खपत पनि धेरै हुन्छ ।

मोसन एक्टिभिटि फिचर बन्द गर्ने

यसमा यदि तपाईले फोन उठाउनु भयो भने फोनको डिस्प्ले आफै अन हुने वा डिस्प्लेमा हात घुमाएपछि डिस्प्ले आफै अन हुने जस्ता सुविधा हुन्छ ।

यसको लागि फरक फरक मोबाइल एप पनि प्रयोग गरिन्छ । यसको प्रयोग नगर्नुहोस । किनभने यसले सेन्सरलाई लगातार अन गर्छ । जसले ब्याट्रीको खपत बढि हुन्छ ।