कीवर्डहरू -

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर

मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।  ‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरेर ल्याइएको हो ।

यस योजना अन्तर्गत मेगा ग्राहकले भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।  यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यसैगरी, ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि फर ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।