९० इन्टरनेट सेवा प्रदायकले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम दाखिला नगरेको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको एक सूचना प्रकाशित गर्दै ९० इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्न अनुरोध गरेको हो ।
रकम दाखिला नगर्नेको सूचीमा सीजी, क्लासिक टेक, डिशहोम, भायानेट, वेब सर्फरसहित ९० इन्टरनेट सेवा प्रदायक रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण अनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी वापत रकम र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम २०८० पुष मसान्त भित्र बुझाउन प्राधिकरणले यसअघि नै पत्राचार गरेको थियो ।
तर हालसम्म रकम दाखिला गरिएको जानकारी प्राप्त नभएकाले २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तूरसहित रोयल्टी वापतको रकम संचार तथा सूचना प्रविधि मन्त्रालयको राजश्व खातामा र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र प्राधिकरणको खातामा दाखिला गरेको ग्रामिण दूरसञ्चार विकास कोष रकमको भौचर र अडीटेड वित्तीय विवरणसहित अनिवार्य रुपमा दर्ता गरी गराउने प्राधिकरणले निर्देशन दिएको छ ।
यी हुन रकम नतिर्ने सेवा प्रदायक