कीवर्डहरू -

विश्वका १० प्रमुख  डिजिटल भुक्तानी गेटवे 

विश्वका १० प्रमुख  डिजिटल भुक्तानी गेटवे 

ई–कमर्सका लागि राम्रो इन्टरफेस र डिजिटल भुत्तानीको सुविधा हुनु एकदमै महत्वपूर्ण कुरा हो । भुक्तानी प्रक्रिया राम्रो र सहज नभएमा ग्राहकहरुले ई–कमर्स साइट चलाउन पनि रुचाउँदैनन् । यसको लागी राम्रो भुक्तानी गेटवे हुनु एकदमै आवश्यक हुनेगर्छ ।

राम्रो भुक्तानी गेटवे भएमा ग्राहकहरुलाई कुनै निश्चित ई–कमर्सलाई विश्वास गर्न पनि सहज हुने गर्छ ।  भुक्तानी गेटवेले व्यापारीहरूलाई वेबसाइटका साथै मोबाइल एपमा थुप्रै किसिमको लेनदेन सुविधा दिन्छ जसमा डेबिट कार्ड, क्रेडिट कार्ड, वालेट, आदि पर्छन् । त्यस्तै विश्वसनीय सर्टिफिकेट र सिम्बलहरु पनि एकदमै महत्वपूर्ण कारक हुन । केही चर्चित अन्तराष्ट्रिय भुक्तानी सेवाहरुको बारेमा हामिले केहि जानकारी प्रस्तुत गरेका छौ ।  

१. पेपलः 
पेपल एउटा ई–कमर्स भुक्तानी प्लेटफर्म हो जसले वित्तिय जानकारी नदिइकनै पैसा भुक्तानी गर्न र पाउने सुविधा दिन्छ । यो भुक्तानी सेवा ग्राहकहरुले एकदमै रुचाएको सेवा हो । यसले प्रयोगकर्ताहरुलाई  ईमेल एड्रेसको मद्दतले विश्वभर जहाँकहीँ पनि वित्तिय कार्र्यहरु गर्न सक्छन् । पेपल २०३ भन्दा बढि देशहरुमा चल्ने गर्छ । यसले भिसा, मास्टरकार्ड, सिटीबैंक, अमेरिकी एक्सप्रेस जस्तो धेरै प्रयोग हुने क्रेडिट कार्डहरुलाई पनि सपोर्ट गर्छ । नेपालमा भने अहिलेसम्म आधिकारिक रुपमा पेपल सञ्चालनमा छैन । यसमा रहेका महत्वपुर्ण विशेषताहरु यस प्रकारका छन् ।
१. पीसीआई अनुपालन
२. सपिङ कार्ट
३. भर्चुअल टर्मिनल
४. बारकोड स्कयान गर्न मिल्ने 
५. क्रेडिट कार्डलाई रिड गर्न मिल्ने
६. छिटो चेकआउट गर्न मिल्ने
७. अनलाइननै इन्भवाइस गर्न सकिने 
८. इन्भेन्टरीहरु ट्रयाक गर्न सकिने 
 
२. स्ट्राइप ः
स्ट्राइप पेपल जस्तै सजिलो भुक्तानी प्रोसेसर हो । यो एकदमै प्रयोगकर्ता मैत्री रहेको छ । स्ट्राइपमा सदस्याता या मासिक फी पनि चाँहिदैन् । यसलाई ग्राहकले आफू अनुकुल कस्टोमाइज गर्न सक्छन् । यसमा विशेष किसिमको उपकरण र फिचरहरु पनि हुने गर्छ । स्ट्राइपको एपीआईले सजिलै आफ्नो भुक्तानी जहाँ पनि लिङ्क गर्न सकछन् । यो भुक्तानी सेवाको मद्दतले एलएलसीबाट करपोरेटमा पनि पैसा पठाउन सकिन्छ । यसका फिचरहरु यस प्रकारका रहेका छन् । 
१. यसमा फ्रोड व्यवस्थापनका लागि स्ट्राइप रेडार भन्ने टूल राखिएको छ । 
२. कर्मचारीको खर्चका लागि भर्चुअल र भौतिक कार्ड हुन्छ । 
३. यसमा रहेको बिजनेस इन्टेलिजेन्स एसक्यूएलमा आधारित रहेको छ । 
४.कस्टम पेमेन्ट चाहिने कम्पनीहरुलाई पनि यसले फाइदा पु¥याउँछ । 

३. अमेजन पे 
अमेजन पेले अहिले भुक्तानी गर्न एकदमै सजिलो बनाइदिएको छ । यस मार्फत एक सहज प्रकृयाबाट सबै बिल भुक्तानी गर्न सकिन्छ । ग्राहकहरुले छुट्टै मोबाइल एप पनि डाउनलोड गर्नुपर्दैन र एउटै प्लेटफर्म बाट सबै काम गर्न सक्छन् । यो अहिलेका लागि ८ देशहरुमा उपलब्ध रहेको छ । यो भुक्तानी सेवा दुई खालको प्याकेजमा आउने गर्छ । यसमा लगइन गरेर विक्रेतालाई पैसा पठाउन मिल्छ या अमेजन प्रयोग गरेर व्यावसायीहरुलाई भुक्तानी गर्न सकिन्छ । यसले अनलाइनमा खरीदकर्ता र विक्रेता दुवैलाई सहज र सफल रुपमा किनमेल गर्न दिन्छ । यसमा रहेका फिचर केही यस प्रकारका छन् । 
१. अटोमेटिक भुक्तानी 
२. मर्चेन्ट वेबसाइट इन्टीग्रेट गर्न सकिने
३. अनलाइन चेकआउट गर्न मिल्ने 
४. कम्स्टोमर आईडेन्टीटी
५. ठगीबाट सुरक्षा
६. यसमा रिफण्ड पनि उपलब्ध गराइन्छ ।
७. एउटै अकाउन्टबाट हजारौँ साइटहरु चलाउन सकिन्छ ।

४. अथोराइज डट नेट 
अथोराइज डट नेट विश्वव्यापी भुक्तानी सेवा हो र यसले बलियो पूर्वाधारको विकासमा मद्दत पु¥याउँछ । यो एकदमै पुरानो भुक्तानी सेवा पनि हो । यसले कारोबार गर्दा डेटालाई सुरक्षित रुपमा राख्ने गर्छ । यो भुक्तानी सेवाको ३७०,००० भन्दा बढि मर्चेन्ट बेस रहेको छ । ग्राहकहरुलाई प्राथमिक्ता दिएर पनि थुप्रै फिचरहरु राखिएको छ । यसकामुख्य  फिचरहरु यस प्रकारका रहेका छन् । यसले एआई इन्टीग्रेसनका लागि प्राइज पनि जितेको छ । 
१.ई–चेक प्रोसेस गर्न मिल्ने 
२.मेल या फोनबाटै भुक्तानी गर्न सकिने  
३. खुद्रा भुक्तानी गर्न मिल्ने
४. ग्राहकको जानकारी राम्ररी व्यवस्थित गर्न सकिने

५. डीऊ
डीऊ भनेको आफैमा एक पेमेन्ट प्रोसेसर हो । यसले प्रयोगकर्ताहरुलाई भर्चुअल वालेट दिनका साथसाथै सुरक्षित कारोबार र टाइम ट्रयाक गर्ने सफ्टवेयर पनि प्रदान गर्छ । यसमा थुपै्र किसिमको भुक्तानी गर्ने प्रक्रिया रहेका छन् जसले गर्दा प्रयोगकर्ताहरुलाई पनि एकदमै सहज हुने गर्दछ । यसले तलका यी कार्यहरु गर्न दिन्छ । 
१.आफ्नो सबै इनभ्वाइसलाई एकै ठाउँमा राख्ने 
२. एउटै एपबाट सबै भुक्तानी कार्यहरुको जानकारी लिन दिने । 
३. क्रोडिट कार्ट भन्दा कम दर मानै कारोबार गर्न दिने । 

६. स्क्रील 
विश्वमा स्क्रील एकदमै चर्चामा रहेको वित्तिय सेवा हो । यो अहिलेको जवानामा चाहिने अनुसारको सबै फिचर भएको एप हो । यसलाई सन् २००१ मा सुंरुवात गरिएको थियो । यसका प्रयोगकर्तामा विश्वका एकदमै ठूला कम्पनीहरु पनि रहेका छन् । यसलाई डिलोइट टेक्नोलोजी फास्ट ५० अर्वाडले सम्मानित गरिएकोे थियो । त्यस्तै स्क्रीललाई बीटूबी ईजीपी अर्वाडले पनि सम्मानित गरिएको छ । यसले तीस भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्ने गर्छ जसले गर्दा कम्पनीहरुलाई विश्वभर नै सामान किन्न या बेच्न सजिलो हुन्छ । 
यसमा यस प्रकारका फिचरहरु रहेका छन् ः 
१. इमेलबाट नै कारोबर गर्न सकिने
२. चाँडै अकाउन्टमा पहुँच पाउन सकिने 
३. डेटाहरु सबै एकै ठाउँमा संकलित हुने गर्छ 
४. निःशुल्क अकाउन्टको सेवा 
५. तीस भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्ने गर्छ
६. क्रेडिट कार्डबाट कारोबार गर्न दिने 

७. सेक्यूरीअन पे
सेक्यूरीअन पे एक भुक्तानी सेवा हो जसले सुरक्षित अनलाइन भुक्तानी सेवा र मोबाइल पेमेन्ट सेवाहरु दिने गर्छ । यसले विन्डोज, म्याक, लाईनक्स, एनड्रोइड र आईओएस जस्ता थुपै्र किसिाको अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने गर्छ । यसले अनलाइन पेमेन्ट र पेड सब्सिक्रिप्सन चाहिने कम्पनीहरुलाई वान स्टप सोल्यूसन पनि प्रदान गर्ने गर्छ । 
यसले छिटो र सुरक्षित एकीकृत प्रणाली प्रदान गर्छ । सेक्यूरीअन पेमा उन्नत किसिमको चेकआउट सिस्टम पनि रहेको छ । यसले व्यवसाय इकोसिस्टममा एकीकरण गर्न मिल्ने एपीआई पनि राखेको छ ।
सेक्यूरीअन पेका फिचर यस प्रकारका रहेका छन् । 
१. एक क्लीकमै भुक्तानी गर्न सकिने 
२. फर्मलाई आफू अनुकुल कस्टोमाइज गर्न सकिने 
३. ट्रायल र डिस्काउन्टहरु हुने 
४. ग्राहकको व्यवस्थापन सजिलै गर्न सकिने 
५. सब्सिक्रिप्सन योजनालाई राम्ररी व्यवस्थापित गर्न सकिने 
६. एन्टी फ्रड टूल 
७. सेक्यूरीअन पेले बिलिङ मोडेल पनि प्रदान गर्ने गर्छ 
८. क्रस सेलको सुविधा

८. ब्लुस्नाप 
ब्लुस्नाप वित्तिय सेवा हो, जसले व्यवसायहरुलाई सजिलै भुक्तानी प्राप्त गर्नलाई मद्दत पु¥याउँछ । यसले विश्वभर जता त्यतै कारोबार गर्न सहयोग गर्छ । यसमा स्थानिय देखि अन्र्तराष्ट्रिय सबै खालको ग्राहकबाट भुक्तानी लिन सकिन्छ । यो प्लेटफर्म एकदमै सुरक्षित रहेको छ र यसले ठगीबाट पनि सकेसम्म बँच्नलाई मद्दत पु¥याउँछ । यसको करिब तीस भन्दा बढि बैंकहरुसँग कनेक्सन रहेको छ । यो सेवा १८० भन्दा बढि देशहरुमा चलिरहेको छ । यसले ११० ओटा भुक्तानी गर्न मिल्ने तरिकालाई सपोर्ट गर्छ । त्यस्तै ब्लुस्नापले सय भन्दा बढि ओटा मुद्रालाई पनि सपोर्ट गर्ने गर्छ र २९ भन्दा बढि भाषाहरुमा सेवा प्रदान गर्छ  ।
यसको फिचर यस प्रकारका रहेका छन् । 
१. सब्सिक्रिप्सन गर्न सकिने 
२. एकीकृत रुपमा भुक्तानी गर्न सकिने 
३. इनभ्वाइस पेमेन्ट गर्न सकिने 
४. तीस भन्दा बढि ग्लोबल बैंकहरुसँग कनेक्सन भएको
५. पेमेन्ट एपीआई रहेको 
६. चेकआउट पनि इम्बेड गरिएको 
७. डेटा सुरक्षित रुपमा आदानप्रदान गर्न सकिने 
८. धेरै जोखिम पनि नउठाउनुपर्ने 
९. यसमा भर्चुअल टर्मिनल पनि रहेको छ । 
१०. यसको मोबाइल एप पनि रहेको छ । 
११. सिधै बैंक र डेबिटबाट पैसा ट्रान्सफर गर्न सकिने 


९. टू चेकआउट 
टू चेकआउटले पनि ग्लोबल रुपमै व्यवसायीहरुसँग अनलाइन पेमेन्ट लिने गर्छ । यसमा एकदमै उत्कृष्ट फिचरहरु रहेका छन् । यो अमेरिकाको भुक्तानी सेवा हो । यसलाई विश्वभर ५०,००० भन्दा बढि व्यवसायीहरुले प्रयोग गर्ने गर्छन् । यसले आठ ओटा छुट्टाछुटटै भुक्तानी प्रक्रिया प्रयोग गर्ने गर्छ । टू चेकआउट १५ ओटा भाषामा सञ्चालन हुने गर्छ । त्यस्तै यसले ८७ भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्ने गर्छ । यसले स्थानिय रुपमा पनि विभिन्न फिचरहरु ल्याएको छ । यसको फिचर यस प्रकारका रहेका छन् । 
१. उच्चतम स्तरको डेटा सुरक्षा 
२. थुपै्र किसिमले भुक्तानीको सुविधा 
३. ८७ भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्ने
४. १५ ओटा भाषामा सञ्चालन हुने
५. सब्सिक्रिपसनलाई आफ्नो अनुसारले कम्टोमाइज गर्न सकिने 
६. यसलाई सय भन्दा बढि प्रणाली र कार्टहरुमा एकीकरण गरिएको छ ।
 
१०. पेजा 
पेजा एकदमै सजिलो र सुरक्षित रुपमा भुक्तानी गर्न दिने सेवा हो । यसले विश्वभर जहाँकहीँबाट पनि पैसा पठाउन र साउन दिन्छ । पेजामा विभिन्न खालको अकाउन्टहरु हुने गर्छ जसमा निजी अकाउन्ट र व्यवसायिक अकाउन्ट पर्ने गर्छ । व्यवसायिक अकाउन्टमा जटिल काम गर्न सहज पार्ने खालको फिचरहरु रहेको छ । यो १९० ओटा देशमा उपलब्ध रहेको छ र यसले २२ भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्ने गर्छ । धेरै देशहरुमा पेजा एकदमै राम्रो वित्तिय सोल्युसन हो । यसले विश्वभर पैसा पठाउन एकदमै सजिलो बनाइदिएको छ । यसका फिचर यस प्रकारका रहेका छन् । 
१. केन्द्रीकृत व्यवस्थापन 
२. २२ भन्दा बढि ओटा मुद्रालाई सपोर्ट गर्छ 
३. स्थानिय रुपमा मिल्ने खालको भुक्तानी सेवाहरु
४. १९० ओटा देशमा उपलब्ध रहेको 
५. फण्डको लागि अनुरोध गर्न सकिने 
६. सजिलो यूजर इन्टरफेस
७. एकीकृत सपीङ कार्ट 

यस्ता वित्तिय संस्थाहरले विश्वभरनै कारोबार गर्न झनै सहज बनाइदिएको छ । ग्राहकहरुले डेटा सुरक्षाको पनि चिन्ता लिनुपर्दैन् । धेरै किसिमको मुद्राहरु रहेकाले यसले धेरै देशहरु सम्म पहुँच पनि पाएको छ । मान्छेहरुले अब एक क्लीक या स्वाइपमा पैसा विश्वको एक कुनाबाट अर्काे कुना सम्म पुग्न सक्छ । यसले ग्लोबल लाइजेसनलाई अझै सहयोग पु¥याईरहेको छ । 
स्रोत स् फोब्र्स र अन्य अन्तराष्ट्रिय समाचार संस्थाहरु