कीवर्डहरू -

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुटको पाइने भएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले राजधानीका मिठाई पसलबाट मिठाई किन्दा छुट पाइन्छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्सबाट किन्दा छुट पाइने कम्पनीले बताएको छ ।

यो अवसर तिहारको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागू हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य आईएमई पे, प्रभु पे र क्यू पे तथा मोबाइल बैंक एपबाट भुक्तानी गर्दा छुट पाइन्छ ।

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास कम्पनीको छ ।