कीवर्डहरू -

डिजिटल मार्केटिङ किन गर्ने ? कस्ता छन् मार्केटिङका टुल्स ?

डिजिटल मार्केटिङ किन गर्ने ? कस्ता छन् मार्केटिङका टुल्स ?

यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरमै बसेर सजिलै गर्न सक्छन् । विश्वमा प्रख्यात विश्वविद्यालयहरुको कोर्स र सर्टिफिकेट घरमै बसेर लिन सकिन्छ । आज हामी तपाईंलाई डिजिटल मार्केटिङ के हो, यसको भविष्य र कसरी सिक्ने भन्नेबारेमा जानकारी दिँदै छौं :

डिजिटल मार्केटिङलाई अनलाइन मार्केटिङ पनि भन्ने गरिन्छ । यो एउटा विज्ञापन गर्ने तरिका हो । यसमा हामिले अनलाइन बाट विज्ञापन गर्छाैं । यो परम्परागत मार्केटिङ जस्तै पत्रपत्रिका टेलिभिजन रेडियो भन्दा केही सस्तो पनि हुन्छ । र, धेरै जनतासामु पुग्न सकिन्छ ।डिजिटल मार्केटिङमा हामी लक्षित समूहलाई मात्र विज्ञापन देखाउन सक्छौं । जुन परम्परागत मार्केटिङमा हामीले चाहेको समूहलाई मात्र देखाउन सक्दैनौं ।

डिजिटल मार्केटिङमा सर्च इन्जिन अप्टिमाइजेसन (SEO), सर्च इन्जिन मार्केटिङ (SEM), सोसल मिडिया मार्केटिङ (Social Media Marketing), कन्टेन्ट मार्केटिङ (Content Marketing), इमेल मार्केटिङ, पेपर क्लिक (PPC), इन्फ्लुन्सर मार्केटि, एफिलिएटेड मार्केटिङ आदि पर्दछन् । अहिलेको समयमा सबै कुरा डिजिटाइज हुँदै गइरहेको छ । हामीले कुनै पनि कुरा खोज्नुपर्दा गुगल गर्छाै । अब सबैले विज्ञापन गर्दा डिजिटल्ली गर्ने चलन बढेको छ ।

डिजिटल मार्केटिङले परम्परागत मिडियाको मार्केटिङ बजेटलाई उछिनेको छ । यसको मतलब अब परम्परागत मिडियालाई डिजिटल मार्केटिङले दरिलै चुनौती दिइरहेको छ । ग्लोबलाइजेशनको समयमा यसले संसारभर सजिलै पहुँच विस्तार गरिरहेको हामी देख्न सक्छौं ।

डिजिटल मार्केटिङको भविष्य नेपालमा पनि राम्रो छ । पछिल्लो समय विश्वमा नै यसको बजार दिनरात बढिरहेको छ । अब डिजिटल मार्केटिङको क्षमता छ भने तपाईंले आफ्नै कम्पनी खोल्न सक्नुहुन्छ । तपाईं फ्रिल्यान्सर भएर पनि पैसन कमाउन सक्नुहुन्छ । नेपाल डिजिटल क्षेत्रमा निरन्तर अगाडि बढेको कारणले गर्दा  डिजिटल मार्केटिङकाे क्षेत्रमा धेरै सम्भावना र अवसर छ ।

किन चाहिन्छ डिजिटल मार्काेटिङ ?
डिजिटल मार्केटिङ सस्तो हुन्छ । विज्ञापन हामीले कुन मानिसलाई देखाउने हो त्यो अनुसार देखाउन सक्छौं । छिट्टै धेरै जनता वा लक्षित उपभाेक्तासामु पुग्न सकिन्छ । कुनै पनि व्यवसायमा सुरुमा धेरै लगानी हुँदैन । उनीहरुले परम्परागत तरिकाबाट विज्ञापन गर्न सक्दैनन् । किनभने यो डिजिटलभन्दा महँगो हुन्छ । त्यसैले अब केही वर्षमा धेरैभन्दा धेरै व्यवसाय डिजिटल मार्केटिङमा आउनेछन् ।

डिजिटल मार्केटिङका माध्यमहरु

१. सर्च इन्जिन अप्टिमाईजेसन (SEO)
एसईओ पनि डिजिटल मार्केटिङको सशक्त माध्यम हो । यसमा कुनै पनि वेबसाइटलाई गुगल सर्चमा सबैभन्दा माथि ल्याउने काम गरिन्छ । वेबसाइटलाई गुगल को सबैभन्दा माथि ल्याउन केही समय लाग्छ । यसमा विभिन्न किबोर्डहरु प्रयोग गरिन्छ । तपाईंको व्यवसायको जानकारी सबै वेबसाइटमा राख्न सक्नुहुन्छ । मान्छेले घरमै बसेर तपाईंको वेबसाइट खोल्छ र व्यवसायको जानकारी लिन्छन् । यसो हुँदा विश्वको जुनसुकै ठाउँबाट पनि तपाईंको व्यापारबारे थाहा हुने भयो ।

२. सर्च इन्जिन मार्केटिङ (SEM)
गुगलले करिब ७० प्रतिशत आफ्नो कमाइ यही एसइएमबाट गर्छ । यसमा विज्ञापन गर्न गुगलको लागि गुगल एडवर्ड, विङका लागि विङ एड्स र याहुका लागि याहु एडभरटाइज छनोट गर्न सक्नुहुनेछ । एसइएममा केही रकम तिरेर आफ्नो वेबसाइटलाई सर्च इन्जिनको पहिलो पेजमा ल्याउन सक्नुहुनेछ ।

३. सामाजिक सञ्जाल
फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्रामको नाम नसुन्ने सायदै कम हुन्छन् होला । यी सामाजिक सञ्जालको माध्यमबाट आफ्नो व्यापार व्यवसायलाई अझै अगाडि बढाउन सक्नुहुन्छ । आफ्नो व्यापारको बारेमा सबैलाई थाहा दिन तपाईंले फेसबुक, इन्स्टाग्राममा बुस्ट गरेर धेरै प्रयोगकर्तासामु पुग्न सक्नुहुनेछ ।

फेसबुक पेज, फेसबुक आइडी, इन्स्टाग्रामबाट आफ्नो व्यापारको बारेमा भिडियो, फोटो अथवा केही लेखेर पोष्ट गरेमा व्यापारको बारेमा सबैलाई थाहा हुन्छ र त्यहाँबाट पनि तपाईंको आम्दानी बढ्न सक्छ । युट्युबमा भिडियोहरु राखेर पनि आफ्नो व्यापार व्यवसाय बढाउन सक्नुहुनेछ । अहिले डिजिटल मार्केटिङको सबैभन्दा राम्रो प्लाटफर्म नै सोसियल मिडिया हो ।

४. इन्फ्लुन्सर मार्केटिङ
यो मार्केटिङ भनेको कसैबाट प्रभावित भएर गरिने मार्केटिङ हो । धेरै मानिसहरुसामु चिनिएको मान्छेले कुनै पनि व्यापार व्यवसायको विज्ञापन गर्यो भने उसका फ्यानहरु वा यति चिनिएको व्यक्तिले यसको विज्ञापन गर्यो, यो प्रोडक्ट राम्रो छ होला एकपटक किनेर हेरौं न त भनेर गरिन्छ । कसैबाट प्रभावित भएर गरिने विज्ञापनलाई इन्फ्लुन्सर मार्केटिङ भनिन्छ ।

५. एफिलियट मार्केटिङ
एफिलियट मार्केटिङ भनेको कमिसन भन्नै जस्तै बुझिन्छ । कुनै पनि ई-कमर्श वेबसाइटको एफिलियट प्रोग्राममा सहभागी भएर त्यहाँबाट कुनै पनि प्रोडक्टको एफिलियट लिङ्क जेनेरेट गरेर त्यो लिङ्क सामाजिक सञ्जाल वेबसाइटमा राख्नुभयो र त्यो लिङ्कबाट कसैले सामान किन्यो भने त्यो समानको मूल्य बराबरको ५ देखि १० प्रतिशत कमिसन आउँछ । हो त्यसैबाट हो तपाईंले पैसा कमाउने ।

६. कन्टेन्ट मार्केटिङ
तपाईंले आफ्नो वेबसाइटलाई गुगल सर्चको सबैभन्दा माथि ल्याउन कुनै पनि कन्टेन्ट लेखेर पोस्ट गर्नुपर्ने हुन्छ । यसको माध्यमबाट पनि तपाईंको वेबसाइट गुगल सर्च इन्जिनको पहिलो भागमा आउन सक्छ । यसमा पनि कीवर्डको प्रयोग गरिन्छ । वेबसाइटमा फोटो, भिडियो, अडियो र टेक्स्टको प्रयोग गर्न सक्नुहुनेछ ।

७. इमेल मार्केटिङ
सामान्यतया: इमेलको माध्यमबाट कुनै पनि प्रडक्टको मार्केटिङ गर्नुलाई इमेल मार्केटिङ भनिन्छ । यसमा विभिन्न मान्छेलाई व्यापार व्यवसायको जानकारी दिन इमेल गर्न सकिन्छ । गुगलको जीमेलममा पनि तपाईले केही रकम तिरेर विज्ञापन गर्न सक्नुहुन्छ ।

डिजिटल मार्केटिङ गर्नुपर्ने कारण
१. परम्परागत मार्केटिङभन्दा सस्तो हुन्छ ।
२. लक्षित समूहलाई आफुले चाहेको समयमा पु¥याउन सकिन्छ ।
३. थोरै लगानीमा पनि मार्केटिङ गर्न सकिन्छ ।
४. अहिले सबैको हातमा डिजिटल डिभाइसहरु भएकोले यो सजिलो, छिटो भएको र उपयोगी पनि बनेको छ ।

डिजिटल मार्केटिङका बेफाइदा
१. जसले जस्तो पनि विज्ञापन गर्ने भएकोले उपभोक्तालाई कुन राम्रो र नराम्रो मूल्यांकन गर्न कठिन पर्ने गरेको छ ।
२. नेपालमा अझै यो त्यति विश्वासिलो हुन सकेको छैन । तर यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ ।
३. डिजिटल मार्केटिङ गर्दा अधिकांश रकम विदेशिने गर्दछ । नेपालमा पेमेन्टको आधिकारिक माध्यम पनि नभएकोले यसले नेपाली रकम करबिना नै बिदेसिइरहेको छ ।