कीवर्डहरू -

सबैले थाहा पाउनुपर्ने केही एन्ड्रोइड फिचरहरु

सबैले थाहा पाउनुपर्ने  केही एन्ड्रोइड फिचरहरु

विश्वका करोडौं मोबाइल डिभाइसमा एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका मोबाइल धेरै मानिसलाई मन पर्छ । तपाईलेथाहा पाउनु पर्ने एनड्रोइड अपरेटिङ सिस्टमका केही फिचरहरु यस प्रकार छन् :

स्क्रिन पिनिङ
फोन लक भएको समयमा सर्टेन एपहरु आफैँ लक हुने सिस्टमलाई स्क्रिन पिनिङ भनिन्छ । यो सिस्टम निश्चित अवस्थामाप्राइभेसी चाहिएमा उपयोग गर्न सकिन्छ । डिफल्टबाट स्क्रिन पनिनिङ इनेबल गर्न सकिदैन, यसकोलागि फोन सेटिङको सेक्युरिटी मेनुमा गएर इनेबल दि फिचर गर्ने र अनपिन गर्न कोड आवश्यक हुनेछ ।

एक्टिभेट गेस्ट मोड
यदि तपाईलाई तपाईको डिभाइस शेयर गर्नु पर्यो भने एन्ड्रोइड नेटीभ गेष्ट अकाउन्टलाई इनेबल गर्न सक्नु हुन्छ । तर यसमा तपाइको अकाउन्ट, फाइल, म्यासेज सेफ हुन्छ । गेस्ट अकाउन्ट बनाउनकोलागि डिभाइस सेटिङ सेलेक्ट गर्ने अनि सजिलै गेस्ट अकाउन्ट बनाउन सकिन्छ । जसमा तपाईले तपाईकोपरिवार तथा साथीको लागि छुट्टाछुट्टै नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ ।

मल्टी विन्डो सपोर्ट
एनड्रोइड ल्यगनबत ७ मा मल्टी विन्डो सपोर्ट उपलब्ध रहेको छ । जसले गर्दा दुईवटा एप एकै पटक चलाउन गर्न सकिन्छ । मल्टी विन्डो सपोर्ट प्रयोग गर्न एपमा भएको स्क्वाएर सफ्ट किइलाई केहि क्षण थिच्नुपर्छ ।

यति गरिसकेपछि एउटा प्रयोग गर्ने एप सेलेक्ट गर्नु पर्छ र अर्को एपचाहि रिसेन्टली प्रयोग गरेको एप हुनेछ ।  यो आधा भाग स्क्रिनमा एउटा एप र अर्को आधा भाग स्क्रिनमा अर्को एप गरि प्रयोग गर्न सकिन्छ ।

फोटो तथा भिडियोलाई ब्याकप गर्ने तरिका

अनलिमिटेड फोटो निशुल्क ब्याकप गर्न मिल्ने गुगलले घोषणा गरेको छ । निशुल्क फोटो, भिडियो ब्याकअप गर्न तपाईलाई तपाईको एनड्रोइड डिभाइसमा गुगल फोटो एप चाहिन्छ । अनि एप सेटिङमा गई ईनेबल ब्याकप र सिंक गर्दा हुन्छ । गुगल फोटो डेक्स्टप अपरेटिङ सिस्टममा पनि उपलब्ध रहेको छ ।

नचाहिने नोटिफिकेसनलाई व्यवस्थापन
मोबाइलको सेटिङमाजाने गर्ने अनि म्यानेज योर नोटिफिकेसनमा जाने र एकएक गरि नोटिफिकेसन म्यानेज गर्ने, यो धेरै सजिलो तरिका हो । आवश्यक नपर्ने नोटिफिकेसन म्यानेज गर्न पहिला सेटिङ ओपन गर्ने, नोटिफिकेसन प्यानल खोजेर ट्याप गर्ने । अनुप्रयोग हुने नोटिफिकेसन डिसेबल गर्न नोटिफिकेसन आउने एपहरु डिसेबल गर्नुहोस । जसमा तपाईले आफुलाई चाहिने नोटिफिकेसन डिसेबल नगर्न पनि सक्नुहुन्छ ।

अन्य माध्यमबाट एप इन्स्टल
साधारणतया, एन्ड्रोइडमा एप डाउनलोड गर्न गुगल प्ले स्टोरमात्र प्रयोग गर्ने गरिन्छ । सुरक्षित तरिकाले एप डाउनलोड गर्न अर्को एप स्टोरबाट पनि सकिन्छ । जुन एप स्टोर नाम हो, अमेजन एप स्टोर । अहिले अमेजन एपस्टोरमा पैसा तिरेर डाउनलोड गर्नु पर्ने कुनै एपहरु फ्रिमा डाउनलोड गर्न सकिन्छ ।

\"\"

कम्प्युटरबाट एप इन्स्टल
यो सुविधा प्रयोग गर्नको लागि तपाईको एउटै एकाउन्ट कम्प्युटर र प्ले स्टोरमा लगइन भएको हुनु पर्दछ । त्यसपछि ब्राउजरमा प्ले स्टोर खोलि तपाईको कम्प्युटरबाट एप इन्स्टल र व्यस्थापन गर्न सक्नु हुन्छ ।

भर्खर प्रयोग गरेका एपलाई हटाउने
एनड्रोइडले अटोमेटीक मेमोरीप्रयोगलाई व्यवस्थापन गर्छ । त्यसैले एप खोल्दा फोनको पृष्ठभूमि स्लो हुदैन । तर तपाईले यसलाई रिलोड गरेर फास्ट गर्न सक्नुहुन्छ । वास्तबमा गुगलले कन्फम गरेको छ, ब्याकग्राउन्ड एप बन्द गर्दा ब्याट्रीको चार्जमा केहि फरक पर्दैन । तपाईले एकएक गरर अथवा एकैपटकसबैलाई हटाउन सक्नुहुन्छ ।


म्यानेज डिफल्ट एप
डिफल्ट एप म्यानेज गर्नको लागिसेटिङमा गई एप सेटिङ सेलेक्ट गर्ने र स्क्रिन माथि तिर अल एप अप्सन हुन्छ त्यसलाइ छान्ने । कुनै यस्तो एप छान्ने जसमा एनड्रोइड डिफल्ट प्रयोग भइरहेको होस् । त्यसपछि डिफल्ट सेटिङ रिसेट गर्ने, एप सेटिङमा गई क्लियर डिफल्ट छान्ने र नयाँ डिफल्ट एप सेलेक्ट गर्नु पर्छ ।