कीवर्डहरू -

एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन

एलन मस्कको टेस्लाको शेयर बेच्ने निर्णयलाई ट्विटर प्रयोगकर्ताहरुले जनाए समर्थन

टेस्लाको शेयर बेच्ने एलन मस्कको निर्णयमा ट्विटर प्रयोगकर्ताहरुले समर्थन जनाएका छन् । टेस्लामा भएको आफ्नो १० प्रतिशत शेयर बेच्ने टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको घोषणामा ट्विटर प्रयोगकर्ताले समर्थन जनाएका हुन् । मस्कले आइतबार ट्विटरमा सर्वेक्षण गर्दै आफूले शेयर बेच्ने निर्णय गरेको भन्दै भोट मागेका थिए ।

'यस' र 'नो' को दुई अप्सन रहेको सर्वेक्षमा हाल समाचार लेख्दा ५७.९ प्रतिशतले सहमति र ४२.१ प्रतिशतले असहमति जनाएका छन् । ‘मेरो टेस्लाको १० प्रतिशत शेयर बेच्ने प्रस्ताव गर्छु,’ मस्कले सर्वेक्षणमा भनेका छन्, ‘यसमा तपाईंहरुको समर्थन छ ?’ मस्कले ट्विटर सर्वेक्षणको नतिजा जे हुन्छ त्यहीअनुसार निर्णय पनि प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Much is made lately of unrealized gains being a means of tax avoidance, so I propose selling 10% of my Tesla stock.

Do you support this?

— Lorde Edge (@elonmusk) November 6, 2021