कीवर्डहरू -

चिप अभावले गर्दा आईप्याड उत्पादनलाई कटौती गर्न एप्पल बाध्य

चिप अभावले गर्दा आईप्याड उत्पादनलाई कटौती गर्न एप्पल बाध्य

विश्वमा अहिले चिप अभावले गर्दा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै गईरहेको छ । कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ जसले गर्दा धेरै प्राविधिक कम्पनीहरुलाई समस्या पारिरहेको छ ।

चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप उत्पादन गर्दा पनि बजारलाई धान्न सकिरहेको छैनन् । यही कारणले केही कम्पनीले चिप उत्पादन गर्न नयाँ प्लान्टसमेत निर्माण गरिरहेका छन् । धेरै कम्पनीले आफ्नो उत्पादन नै कटौती गरिरहेका छन् र त्यसैमा एप्पल पनि एक कम्पनी रहेको छ ।

एप्पलले पनि चिपकै कारण डिभाइस उत्पादन कटौती गरेको छ । हालै बाहिरिएका खबरअनुसार एप्पलले आईप्याडको उत्पादनमा ५० प्रतिशत कटौती गरेको छ । गत सेप्टेम्बरमा सार्वजनिक भएका नयाँ संस्करणका आईफोन मोडलको उत्पादनमा असर परेसँगै कम्पनीले आईप्याड उत्पादनलाई कटौती गरेर आईफोन १३ मा उक्त चिप खपत गरिरहेको हो ।