कीवर्डहरू -

खल्तीमार्फत राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क भुक्तानी गर्न सकिने

खल्तीमार्फत राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो ।  ‘खल्ती’ को प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।