कीवर्डहरू -

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत पहिलो दुई विजेताको घोषणा, जित्नेले पाए स्पेन घुम्ने अवसर

डिशहोमको  ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत पहिलो दुई विजेताको घोषणा, जित्नेले पाए स्पेन घुम्ने अवसर

डिशहोमले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

यस योजनामा गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभी नयाँ जडान गर्ने ग्राहक र ला लिगाको सिजन टिकट खरिद गर्ने ग्राहक सहभागी भएका थिए । यसअन्तर्गत प्रभु टिभी जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता छनोट भएका छन् ।

विजेताको घोषणा गत बुधबार सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायतका च्यानल र डिशहोमको फेसबुक पेजमार्फत गरिएको थियो ।

विजेताले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको छ ।