कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहकहरुलाई दराजको ११.११ योजनामा रु.३,५०० सम्मको छुट

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहकहरुलाई दराजको ११.११ योजनामा रु.३,५०० सम्मको छुट

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले  आफ्नो कार्डबाहक ग्राहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्ने छन् । यो अफर अन्र्तगत बैंकको डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम रु.३,५०० सम्म छुटको पाउन सकिन्छ ।

यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,५०० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्नसक्ने छन् ।