कीवर्डहरू -

ग्यापुको कात्तिक २५ मा बृहत अनलाइन सेल ११.११

ग्यापुको कात्तिक २५ मा बृहत अनलाइन सेल ११.११

गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको छ ।

गत वर्ष ग्यापुका ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो । सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेल धेरै बिक्री भएको थियो ।

जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई  ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।

ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ । यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिनेछ बताइएको छ ।