स्मार्टफोन ब्रान्ड रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । स्मार्टफोनको मूल्य रु. ५४,१९९ रहेको छ, जसमा १२ जीबी स्टोरेज रहनेछ । लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो । शुरुमा खरिद गर्दा ग्राहकहरुले तोकिएको भन्दा रु.३००० कम मूल्य रु. ५१,१९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन्।
रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन ८७० फाइभजी को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ मिलीमिटर, चौडाइ ७७५.६ मिलीमिटर र उचाइ ८.६ मिलीमिटर रहेको छ । क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ ।
थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ मिलीमिटर स्कवार क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ ।
५००० एमएएच् ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ । यसको ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् ।
यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ । रियलमीको को स्मार्टफोनमा ईफोर डिस्प्ले रहेको छ जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ । यसैगरी ५ लाख : १ को कन्ट्रास्ट अनुपातले अधिकतम १३०० नीट सम्मको ब्राइटनेस दिन्छ ।
नियो जिटी को डिजाइन रियलमी जिटी लाइनअप कै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ्ग प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ ।
रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१,१९९ को शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने छन् । यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन् । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुनेछ ।