कीवर्डहरू -

१२ औँ वर्षमा,फूडमाण्डु, प्रमुख सहरहरूमा सेवा विस्तार योजना

१२ औँ वर्षमा,फूडमाण्डु, प्रमुख सहरहरूमा सेवा विस्तार योजना

नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाडौँ एवं पोखरा उपत्यकाका सयौँ रेष्टुरेण्टहरू आबद्ध छन् । आबद्ध रेष्टुरेण्टहरूका परिकारहरू कम्पनीको वेवसाइट तथा मोबाइल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ ।

‘सञ्चालनको दशकबढी बढी समय हाम्रो लागी निकै महत्त्वपूर्ण रह्यो र यो अवधिमा हामीले निकै उतारचढाव अनुभव गर्‍यौँ,’ कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘ग्राहकहरूको रुचि र मागअनुसार हामीले हाम्रा सेवाहरूलाई थप परिष्कृत गर्दै देशका थप अरू प्रमुख सहरहरूमा सेवा विस्तार योजना बनाएका छौँ ।’

वार्षिकोत्सव अवसरमा कम्पनीले आकर्षक छुटहरू प्रस्ताव गरेको छ । ११ दिनसम्म हरेक दिन १,१११ को आकर्षक कम्बो डिल तथा आबद्ध केही रेष्टुरेण्टहरूसँगको सहकार्यमा नौला परिकारहरू आफ्ना ग्राहकसामु पस्कन लागेको कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्यामरत्न मालीले जानकारी दिए ।

बजार विस्तार गर्ने रणनीतिअनुसार फूडमाण्डुले देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाइएको एप हाम्रो पात्रोसँग सहकार्य गर्दैछ । उक्त एपमार्फत पनि सीधै फूडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कम्पनीले जनाएको छ ।