कीवर्डहरू -

सिटिजन्स बैंकको कार्ड बाहकले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंकको कार्ड बाहकले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक साझेदारीको सहमति भएको छ ।  सहमति अनुसार अब सिटिजन्स बैंकको कार्डबाहकहरूले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक र हेल्थकेयरबीच सेवा साझेदारीको सम्झौता भएको हो ।

सहमति अनुसार अब सिटिजन्स बैंकका कार्डबाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११२   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।