कीवर्डहरू -

ईसेवा मनी ट्रान्सफर र ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनी ट्रान्सफर र ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

सेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिने भएको हो ।

नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिने कम्पनीले जनाएको छ । साथै ५० लाख भन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ट्राङ्लोबाट पठाएको पैसा सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ ।

सन् २००८ मा स्थापित ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ । जसले एयरटाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ ।

विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुख कार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन् ।