कीवर्डहरू -

फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध

फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध
फोटोमाः वडाअध्यक्ष पुन र प्रेस विज्ञप्ती

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले जनप्रतिनिधिलाई फेसबुकमा छोटेराजा लेखेको भन्दै वडाबाट दिइने सबै सेवामा प्रतिबन्ध लगाएको छ ।

बागचौर नगरपालिका वडा नम्बर ४ का स्थानीय दिल बहादुर केसीले वडा नम्बर ४ का वडा अध्यक्ष र सदस्यलाई फेसबुकमा छोटेराजा लेखेको भन्दै वडा कार्यालयले एक विज्ञप्ती जारी गर्दै सेवामा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

उक्त विज्ञप्ती अहिले भाइरल भइरहेको छ । वडा अध्यक्ष र वडा सदस्यलाई छोटेराजाको संज्ञा दिई सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या गर्ने अनावश्यक शब्द आरोपहरू लगाइ भ्रमित पार्ने काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केसीले कमजोरी नसच्याय सम्म वडाबाट दिइने सबै सेवाबाट बञ्चित गरिने वडा अध्यक्ष प्रेम बहादुर पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा लेखिएको छ ।

हेर्नुहोस् विज्ञप्ती

\"\"