कीवर्डहरू -

एन्टीभाईरस के हो ? एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्यपाँच कुराहरु 

एन्टीभाईरस के हो ? एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्यपाँच कुराहरु 

एन्टीभाईरस एक कम्प्यूटर प्रोग्राम हो जसले तपाईको कम्प्यूटरमा संक्रमण भएको कम्प्यूटर भाईरसलाई हटाईदिने गर्दछ । कुनै नयाँ भाईरसको संक्रमण हुनबाट पनि एन्टीभाईरसले जोगाउने गर्दछ । विन्डोज, म्याकओएस, एन्ड्रोईड, आईफोन र  लाईनक्सका लागि पनि विभिन्न एन्टी भाईरस प्रोग्रामहरु उपलब्ध रहेका छन् ।

म्यालवेयरकोे खतरा

ईन्टरनेटमा थुप्रै भाईरस र म्यालवेयरहरु रहेको हुने गर्दछन् । ह्याकरहरुले थुप्रै कामहरुका लागि सफ्टवेयरका विभिन्न भर्सनहरु बनाईरहका हुन्छन् ।

१. कम्प्यूटर फाइलहरुबाट निजी जानाकरी चोर्नका निम्ति

२. किबोर्ड लगर सफ्टवेयर प्रयोग गरेर बैंक तथा क्रेडिट लगइन जानकारी चोर्नका निम्ति

३. ईमेल स्पामिङ गर्नका लागि कम्प्यूटरलाई बोटमा परिवर्तन गर्नका लागि

४. कम्प्यूटर प्रयोग गर्र्दा विज्ञापनको विन्डोको पपअप आउने

५. र्यानसमवेयर प्रयोग गरेर पैसा पठाउन धम्की दिने

धेरै जस्तो ठाउँमा भाईरसले सिपियू, मेमोरि र अरु प्रणाली स्रोतहरु लिदिने गर्दछ ।

एन्टीभाईरस सफ्टवेयरले के गर्छ त ?

१. एन्टीभाईरस सफ्टवेयरले दैनिक रुपमा तपाईले सेड्युल गरेअनुसार फाइल स्कयान गर्ने गर्दछ । यसले म्यालवेयर भेट्याउन सक्छ ।

२. तपाईलाई कुनै समस्या भएजस्तो लागेमा तपाईले स्कयान गर्न सक्नुहुनेछ ।

३. एन्टीभाईरस सफ्टवेयरले नेटवर्क ट्राफिकले मनिटर पनि गर्ने गर्दछ । कुनै अनौठो सफ्टवेयर देखा परेमा पनि एन्टीभाईरसले पत्ता लगाउने गर्दछ ।

एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्यपाँच कुराहरु :

इन्टरनेटले जीवन सहज बनाउनका साथसाथै सूचना खतरामा पारिदिने पनि गर्छ । वेबमा धेरै ह्याकहरु छन् जसले तपाईको निजी जानकारी पाउनका लागि अवसर खोजिरहेका छन् । विश्वव्यापी डेटा हेर्दा कम्प्युटर प्रयोगकर्ताहरुको २.३ ट्रिलियन चाटि ह्याकरहरुले निजी डेटामा घुसपैठ गर्न खोजिसकेका छन् ।

सोनिकवाल नामक साइबर सुरक्षा फर्मको अनुसार गत सालभन्दा यो वर्ष १९ प्रतिशतले साइबर सुरक्षाको डर बढेको छ । यहिकारणले इन्टरनेटसँग जोडिएको डिभाइसलाई एन्टिभाइरस सफ्टवेयरले सुरक्षित गर्नुपर्छ । तर एन्टिभाइरस किन्दा पनि कुन लिने, कस्तो किन्दा राम्रो हुन्छ भनेर तपाईलाई चिन्ता लाग्न सक्छ । यही कारणले आजहामी एन्टिभाइरस किन्दा केके कुरामा ध्यान दिनुपर्छ भनेर जानकारी दिनेछौँ ।

१. के तपाईलाई क्लाउड एन्टिभाइरस चाहिन्छ ?

पुरानो मोडेलको एन्टिभाइरस सफ्टवेयरले सबै किसिमको ह्याकलाई रोक्न सक्दैन् । त्यहीकारणले क्लाउड एन्टिभाइरस प्रोग्राम इन्स्टल गर्न एकदमै महत्वपूर्ण हुन्छ । यसले तपाईको कम्प्यूटर भन्दा राम्रो प्रोसेसिङ दिने गर्छ । यसले म्यालवेयरको समस्याहरुलाई सजिलै थाहा पाउन पनि सक्छ । म्यालवेयरबाट राम्रो सुरक्षादिने एन्टिभाइरसमा एउटा ‘टोटल एभी’ पनि हो जुन थुपै्र प्लेटफर्मका लागि उपलब्ध छ ।

यसले रयान्समवेयर देखि आडवेयरबाट सुरक्षादिने गर्छ । त्योसँगै कम्प्युटर मा फाइल खुल्नु अघि पनियसले एकचोटि स्कयान गर्ने गर्छ जसले गर्दा तपाइको डिभाइस सुरक्षित नै रहन्छ ।

२. कुन खालको उपकरणमा तपाईले एन्टिभाइरस प्रयोग गर्नुहुन्छ ?

आफ्नो डिभाइसको अपरेटिङ सिस्टमसँग कस्तो खालको एन्टिभाइरस प्रोग्राम मिल्छ भनेर पत्ता लगाउन सक्नुपर्छ । तर अब यो धेरै ठूलो विषय होइन किनभने धेरैजसो एन्टिभाइरस निर्माताले एउटा एन्टिभाइरसनै धेरै ओटा प्लेटफर्मका लागि बनाएका हुन्छन् ।

यसको एउटा उदाहरणमा एभीजी एन्टीभाइरस पर्ने गर्दछ जुनदुवै निःशुल्क र भुक्तानी गर्नु पर्ने भर्सनमा आउँछ । यो पिसी, म्याक, एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध रहेको छ । तपाईको डिभाइसमा कति स्पेस छ भनेर पनि याद गर्नुपर्ने हुन्छ किनभने कहिलेकाँही एन्टिभाइरसले धेरै स्पेस लिइदिन्छ । धेरै स्पेस नलिने एन्टिभाइरसमा ‘वेबरुट सेक्योर एनीवेयर’ एन्टिभाइरस पर्ने गर्छ ।

३. तपाईको कतिको बजेट रहेको छ ?

तपाईको बजेट कम नै छ या तपाईले धेरै कम्प्युटरको प्रयोग गर्नुहुँदैन भने तपाइले एन्टिभाइरस प्रोग्रामको निःशुल्क भर्सननै छनोट गर्न सक्नुहुनेछ । विन्डोज पिसि हुनेले सजिलै तरिकाले विन्डोज टेन सँग आउने ‘विन्डोज डिफेन्डर एन्टिभाइरस’ आक्टीभेट गर्न सक्नेछन् ।

अर्काे चर्चित एन्टिभाइरसमा ‘अभास्ट फ्रि एन्टिभाइरस’ पर्ने गर्छ जसले सुरक्षा अन्वेषकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ । यो विन्डोज,म्याक, एन्ड्रोइड र आईओएस डिभाइसका लागि उपलब्ध रहेको छ । तर भुक्तानी गर्नुपर्ने भर्सन लिन सकेमा त्यस्तो एन्टिभाइरसले अझै बढि फिचर दिन सक्छ ।

‘बिटफेण्डर टोटल सेक्युरिटरी’ले पेड भर्सनमा फाइल स्रेडिङ र वेबक्याम र माइक्रो फोनबाट सुरक्षा जस्तो फिचरहरु दिने गर्छ । एकचोटि किनेपछि हरेक एक वर्षमा केही पैसा दिएर प्रोग्रामलाई रिन्यू गर्नुपर्ने हुन्छ ।

४. तपाईले कस्तो सेक्युरिटी समस्या भोग्नु परिरहेको छ र त्यसको लागि कस्तो खालको सुरक्षा चाहिन्छ ?

तपाईले आफ्नो कम्प्युटर ईमेल लेख्न, फिल्म हेर्न जस्ता साधारण कार्यका लागि मात्रै प्रयोग गरिरहनुभएको छ भने धेरै एडभान्सड एन्टिभाइरस हाल्नु पर्दैन् तर इ–कमर्स व्यवसाय चलाउने,वेबको एकदमै धेरै प्रयोग गर्नेहरुले उन्न्त किसिमकै एन्टिभाइरस प्रयोग गर्नुपर्ने हुन्छ । यसतो लागि पेड भर्सनमा प्रिमियम फिचरहरु रहेका छन् । ‘नर्टन ३६० विथलाइफ लक सेलेक्ट’ मा एन्टि ह्याकिङ फिचरहरु रहेका छन् ।

त्योसँगै बालबालिकाले रिमोट अध्ययन गर्दा प्यारेन्टल गाईडेन्स पनिहुने गर्छ । यसमा क्लाउड फाइल ब्याकअप र भर्चुअल प्राईभेट नेटवर्क पनि हुने गर्छ । यस्तो एन्टिभाइरसले तपाईको सबै सुरक्षा समस्यालाई ठिक गर्ने गर्छ ।

५. तपाई प्रविधि चलाउनलाई कतिको जान्ने हुनुहुन्छ ?

प्रविधिको प्रयोगमा धेरै अभ्यस्त नभएकाले सजिलो प्रणाली भएको प्रोग्रामहरु छान्नुपर्ने हुन्छ । चलाउन सजिलो खालको एन्टिभाइरस चाहिएमा ‘ट्रेन्ड माइक्रो एन्टिभाइरस+सेक्युरिटी’ प्रयोग गर्न सकिन्छ ।

इन्भेस्टोपिडिया रिभ्युअरको अनुसार यो एन्टिभाइरसमा एकदमै युजर फ्रेन्डली डास्बोर्ड रहेको छ । तर जुनपनि एन्टिभाइरस राखेतापनि समयसमयमा त्यसलाई अपडेट गरिरहनुपर्छ र मात्रै पूर्ण रुपले सुरक्षित हुन सकिन्छ ।