चिप अभावका कारण टेस्लाले यूएसबी पोर्ट बिनानै विद्युतीय गाडी विक्री गरिरहेको जनाइएको छ । विश्वमा अहिले चिप अभाव हुँदा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै आएको छ । जसको असर टेस्लामा पनि देखिएको हो ।
कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ, जसले गर्दा धेरै प्राविधिक कम्पनीहरुलाई समस्या पारिरहेको छ ।
चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप उत्पादन गर्दा पनि बजारको मागलाई धान्न सकिरहेका छैनन् । यही कारणले केही कम्पनीले चिप उत्पादन गर्न नयाँ प्लान्टसमेत निर्माण गरिरहेका छन् । यही चिप अभावको मारमा टेस्लाल पनि परेको छ ।
ईलेक्ट्रेकका अनुसार धेरै जना मोडेल थ्री र मोडेल वाई खरिदकर्ताहरुले यूएसबी पोर्ट नभएको विद्युतीय गाडी पाईरहेका छन् । केही स्रोतले टेस्लाले डिसेम्बरमा यूएसबी पोर्ट जोडिदिने पनि खबर पाएका छन् ।
बिएमडब्लुले पनि हालैमा टच स्क्रीन बिनानै गाडीको विक्री गर्न थालेको थियो । यूएसबी पोर्टको अभावले गर्दा गाडी चालकहरुले वायलरलेस चार्ज गर्ने सुविधा नपाउने देखिन्छ ।