कीवर्डहरू -

अटो कल गर्ने पिक्सेल सिक्सको बग समाधान 

अटो कल गर्ने पिक्सेल सिक्सको बग समाधान 

गूगलले पिक्सेल ६ मा कुनै सम्पर्कमा यतिकै कल गरिदिने बगलाई मर्मत गरेको छ । एन्ड्रोईड पुलिसको रिपोर्ट अनुसार गूगलल हालैमा पिक्सेल ६ मा रहेको अटो डायलको समस्यालाई ठिक गरेको हो ।

यो बगले धेरै प्रयोगकर्ताहरुलाई समस्या पारिरहेको थियो । रातिको समयमा वा फोन नचलाएको समयमा पनि बगले कहिले परिवारजनलाई कहिले काम गर्ने संस्थामा फोन गर्ने थियो ।

यसले प्रयोगकर्ताहरुलाई हैरान पारेको थियो । पिक्सेल ६ मा डिस्प्लेमा समस्या आउने, फिगंर प्रिन्ट पत्ता नलाग्ने जस्तो समस्याहरु पनि देखिएको थियो ।