कीवर्डहरू -

गूगल अकाउन्टमा यसरी शुरू गर्नुहोस् टू स्टेप भेरिफिकेसन

गूगल अकाउन्टमा यसरी शुरू गर्नुहोस् टू स्टेप भेरिफिकेसन

गत महिना गूगलले सन् २०२१ को अन्त्यसम्ममा टू स्टेप भेरिफिकेसन प्रयोगकर्ताहरुका लागि अटो (स्वायत्त) इनरोल हुने गरी उपलब्ध गराउने घोषणा गरेको थियो । अब गूगलले यो फिचर इनेबल गरेकै हुनुपर्छ भनेर प्रयोगकर्ताहरुका लागि अनिवार्य बनाउन फोर्स गर्न थालेको छ ।

कम्पनीले तपाईको गूगल अकाउन्टमा स्वायत्त रुपमा टू स्टेप भेरिफिकेसन सुचारु गर्नु भन्दा एक हप्ता अघि प्रयोगकर्तालाई ईमेल वा नोटिफकेसन पठाउने गर्दछ । टू स्टेप भेरिफिकेसनले प्रयोगकर्ताको गूगल अकाउन्टमा अझै सुरक्षा बढाउने गर्दछ ।

अहिले प्रयोगकर्ताहरुले टू स्टेप भेरिफिकेसनलाई अफ पनि गर्न सक्छन् तर पासवर्ड मात्रै राख्दा अकाउन्ट सुरक्षित हुँदैन् । तपाईको गूगल अकाउन्टमा टू स्टेप भेरिफिकेसन सुचारु गर्न तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

यसका लागि सर्वप्रथम तपाईले आफ्नो गूगल अकाउन्ट खोल्नुपर्छ । त्यसपछि त्यो पेजको माथिल्लो बायाँ भागमा रहको आफ्नो ईमेजमा क्लिक गर्नुहोस् । अब तपाईको ईमेल एड्रेसको तल भएको ‘म्यानेज योर गूगल अकाउन्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

अब न्याभिगेसन प्यानलमा सेक्युरिटी  भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । साईनिङ इन टू गूगल अकाउन्टको तल रहेको टू स्टेप भेरिफिकेसन भन्ने अप्सनलाई सेलेक्ट गर्नुपर्छ । अर्काे पेजमा गेट स्टार्टटेड भनेर थिच्नुपर्छ । अब तपाईले आफ्नो गूगल अकाउन्टको पासवर्ड हाल्नुपर्ने हुन्छ ।

अब तपाईले कुन तरीकाले साइन इन गर्न चाहनुहुन्छ भनेर छान्नुपर्ने हुन्छ । यहाँ प्रम्प्ट, टेक्स्ट मेसेज, सेक्युरिटी कल वा भ्वाइस कल भन्ने अप्सनहरुबाट छान्न सकिन्छ । तपाईलाई मनलागेको अर्काे तरिकाले साइन इन गरेपछि तपाईले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ ।

यसले गर्दा तपाईले फोन नम्बर प्रयोग गरेर पनि साइन इन गर्न सक्नु हुनेछ । अब तपाईले आफ्नो फोन नम्बरमा पाएको कोडलाई इन्टर गरेर टर्न अन भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यसरी तपाईको गूगल अकाउन्टमा टू स्टेप भेरिफिकेसन सुचारु गर्न सकिन्छ ।