कीवर्डहरू -

एनएमबि बैंकको भिडियो केवाईसी सेवा, ५ मिनेटमै खाता खोल्न सकिने

एनएमबि बैंकको भिडियो केवाईसी सेवा, ५ मिनेटमै खाता खोल्न सकिने

एनएमबि बैंकले भिडियो केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा पहिलोपटक एक भिडियो कलको आधारमा ५ मिनेटमै देश वा विदेशमै रहेर खाता खोली कारोवार गर्न सकिने सुविधा ल्याएको हो ।

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न  र केवाईसी विवरण अपडेट गर्न सक्नेछन् । भिडियो केवाईसीको सेवा लिन यहाँ क्लिक गर्नुहोस् ।

हालको परिवेशमा पनि यसले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्ने बैंकले जनाएको छ ।

यसैवीच बैंकले लोकप्रिय युवा अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।

शाहसंगको सहकार्यले बैंकको प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरेका थिए ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।