माछापुच्छ्रे बैंकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा सञ्चालनमा ल्याएको छ । यो सेवासँगै अब कार्ड नभएपनि एटिएमबाट पैसा झिक्न सकिने भएको हो ।
यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउने छन् । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ अप्सनमा क्लिक गर्नुपर्नेछ ।
त्यसपछि प्राप्त भएको ओटीपी कोड राखेर एटिएमबाट पैसा निकाल्न सकिने छ । बैंकले ओटिपी कोड गोप्य र सुरक्षित राखी कारोबार गर्न अनुरोध गरेको छ ।