कीवर्डहरू -

टेस्लाको सुपारचार्जर स्टेशनमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट उपलब्ध हुने

टेस्लाको सुपारचार्जर स्टेशनमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट उपलब्ध हुने

टेस्लाले सुपारचार्जर स्टेशनहरुमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट राख्ने भएको छ । अब टेस्ला सुपारचार्जर स्टेशनमा चार्जसँगै विभिन्न शोहरु पनि स्ट्रीम गर्न सकिने छ । इलेक्ट्रकको अनुसार टेस्लाको प्रयोगकर्ताहरुले सुपारचार्जर स्टेशनहरुमा इन्टरनेट डिश देखेका छन ।

टेस्लाले यस सन्दर्भमा केही पनि बताएको छैन् । इन्टरनेटले चार्जको शुल्क भुक्तानी गर्न पनि सहज बनाउने सेवाग्राहीहरुको विश्वास छ ।

त्यसैगरी स्टारलिकंको स्याटेलाईट इन्टरनेटले दुर्गम क्षेत्रहरुलाई केन्द्रित गर्नेहुँदा टेस्लाले पनि दुर्गम क्षेत्रहरुमा सुपारचार्जर स्टेशनको विकास गर्ने अनुमान लगाउन सकिन्छ । स्टारलिकंको स्याटेलाईट इन्टरनेटले ९७ मेगाबाईट्स पर सेकेण्डको गतिले इन्टरनेट प्रदान गर्छ ।