कीवर्डहरू -

६ हजार एमएएच ब्याट्री सहित नोकियाको सीथर्टी स्मार्टफोन नेपालमा 

६ हजार एमएएच ब्याट्री सहित नोकियाको सीथर्टी स्मार्टफोन नेपालमा 

नेकियाले नेपालमा आफ्नो सि सिरिज अन्र्तगतको नोकिया सि थर्टी स्मार्टफोन सार्वजनिक गरेको छ । एचडी प्लस रिजोलुसन र ६.८२ इन्च एलसिडी डिस्प्ले सहित सि थर्टी सार्वजनिक भएको हो । डिस्प्लेमा ४०० निट्सको ब्राईटनेस उपलब्ध हुने गर्दछ । यसको अगाडिको क्यामेराको नच भने आशुँ आकारको रहेको छ ।

पछाडि गोलाकारको कयामेरा रहेको छ । स्मार्टफोनको पछाडि पट्टि डुअल क्यामेरा रहेको छ । त्यस्तै २ मेगापिक्सेलको डेप्थ सेन्सरसँगै १३ मेगापिक्सेलको अटोफोकस क्यामेरा रहेको छ । गोलाकार क्यामेराकै बाहिर पट्टि एउटा एलईडी फ्ल्यासलाईट पनि राखिएको छ । आशुँ आकारको अगाडिको क्यामेराको नचमा ५ मेगापिक्सेलको सेन्सर राखिएको छ ।

नोकिया सि थर्टीमा युनिसोकको एससी९८६३ ए चिपसेट प्रयोग गरिएको छ । यसका चार ओटा कोर्टेक्स ए ५५ (१.६ गिगाहर्ज) र चार ओटा कोर्टेक्स ए ५५ (१.२ गिगाहर्ज) कोर भएको अक्टकोर सीपीयू राखिएकोे छ । यसमा तीन जिबी र्याम र ६४ जिबी इन्र्टनल स्टोरेज रहेकोे छ । माईक्रो एसडी कार्ड प्रयोग गरेर इन्र्टनल स्टोरेजलाई बढाउन सकिने कम्पनीले जनाएको छ ।

नोकिया सि थर्टीमा एन्ड्रोईड ११ गो अपरेटिङ सिस्टम राखिएको छ । ६ हजार एएमएच ब्याट्री भएको यसमा यसमा पुरानै माईक्रो यूएसबी पोर्ट प्रयोग गरिएको छ जसले १० वाट पावर सम्म चार्ज गर्नसक्छ । फोनमा फिगंरप्रिन्ट स्क्यानर समेत उपलब्ध छ ।  कम्पनीका अनुसार सि थर्टीमा दुई वर्षको सुरक्षा अपडेट पनि उपलब्ध हुनेछ ।

नोकिया सि थर्टीको नेपालमा २ जिबी र्याम र ३२ जिबी इन्टर्नल स्टोरेजको भेरियन्टमा उपलब्ध छ जसको मूल्य १४ हजार १९९ रुपैयाँ तोकिएको छ ।  हरियो र सेतो रगंमा उपलब्ध यो फोन कम्पनीका आधिकारिक खुद्रा स्टोरबाट खरिद गर्न सकिनेछ ।