कीवर्डहरू -

आइबिएमले बनायो सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने इगल चिप 

आइबिएमले बनायो सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने इगल चिप 

सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने क्वान्टम चिप आइबिएमले निर्माण गरेको दावी गरेको छ । आइबिएमले १२७ क्यूिबटको ईगल नामक क्वान्टम प्रोशेसरको निर्माण गरेको बताएको हो ।

यो क्वान्टम कम्प्यूटिङमा ठूलो उपलब्धि हो । ईगल चिपलाई अनुसरण गर्न यो पृथ्वमी रहेको सबै मानवको सम्पूर्ण एटम जोडेर पनि अझै क्लासिकल बिट चाहिन्छ । यसले कम्प्यूटिङ पावरमा विकास ल्याउन मद्दत पु¥याउँने छ ।

यो चिप राम्रो भएपनि पुरानो कम्यूटरले समाधान गर्न नसक्ने समस्यालाई समधान गर्ने स्थितिसम्म नपुगेको कम्पनीले जनाएको  छ ।  आइबिएमले अर्काे महिना देखि क्वान्टम नेटवर्कका सदस्यका लागि यो चिप उपलब्ध गराउनेछ ।