कीवर्डहरू -

नेपालमा ह्वावे कनेक्ट २०२१ आयोजना हुँदै

नेपालमा ह्वावे कनेक्ट २०२१ आयोजना हुँदै

ह्वावेले नेपालमा ह्वावे कनेक्ट २०२१ को कार्यक्रम आज अर्थात कात्तिक ३० गते आयोजना गर्ने भएको छ । यो कार्यक्रम आज दिउँसो १२ः३० देखि काठमाडौँ म्यारियट होटेलमा आयोजना गरिने भएको हो ।

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रमको रुपमा संस्थाले ह्वावे कनेक्ट मनाउने गरेको छ । यस वर्षको ‘डाइभ इन्टु डिजिटल’ भन्ने थिम रहेको कार्यक्रममा डिजिटल प्रविधिको महत्व बारे छलफल गरिनेछ ।

त्यस्तै ह्वावेले सबै उद्योगहरुमा क्लाउड, एआई जस्ता प्रविधिको व्यावहारिक एप्लिकेसन र सबै आकारको संगठनहरुलाई अधिक कुशल र अधिक बहुमुखी बनाउने कुराको गहिराइमा छलफल गर्नेछ ।