कीवर्डहरू -

असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार

असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार

एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रूपैयाँ कारोबार भएको हो ।

त्यस्तै मोबाइल बैंकिङबाट असोजमा ८७ अर्ब रूपैयाँको कारोबार भएको छ । जबकी मोबाइल बैंकिङबाट भदौमा ७४ अर्ब ३१ करोड रूपैयाँ कारोबार भएको थियो ।

पछिल्लो समय सरकारले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखेसँगै डिजिटल माध्यमबाट हुने कारोबारमा वृद्धि भइरहेको छ ।