कीवर्डहरू -

नेपाली बजारमा रियलमी तेस्रो स्थानमा, बजार हिस्सा १४ प्रतिशत

नेपाली बजारमा रियलमी तेस्रो स्थानमा, बजार हिस्सा १४ प्रतिशत

रियलमी नेपालमा सबैभन्दा छिटो स्मार्टफोन बिक्री गर्ने ब्राण्ड बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ को तेस्रो क्वाटरमा नेपाली बजारमा रियलमीले तेस्रो स्थान ओगटेको छ । अघिल्लो त्रैमासभन्दा २५७ प्रतिशत बढी व्यापार गरेको छ ।

पछिल्लो क्वाटरमा अनुमानित सेल–इन स्मार्टफोन ढुवानीमा आधारित रही क्यानालिसले अध्ययन गरेको हो । हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७ प्रतिशत ढुवानी वृद्धि गरेको छ ।

सामसङ्गले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशत र शाओमीले ५५ प्रतिशत गिरावटको सामना गर्नुपरेको छ । यस गिरावटपश्चात् पनि यी दुवै स्मार्टफोनहरूले नेपाली बजारमाा क्रमशः ३९ र २४ प्रतिशत हिस्सा ओगटेर ठूलो ब्रान्ड मै यथावत रहेका छन् ।

नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्समार्फत रियलमीले नेपालमा सन् २०१९ मा डेब्यु गरेको थियो । मूल्य निर्धारणका कारण यो ब्राण्ड नेपालमा सफल हुन सकेको थिएन ।

यसपछि कम्पनीले नेपालमा आफ्नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो । रियलमीले शङ्कर ग्रुपमार्फत नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने जनाएको थियो ।