कीवर्डहरू -

खल्तीको सीईओमा २७ वर्षिय विनय खड्का नियुक्त

खल्तीको सीईओमा २७ वर्षिय विनय खड्का नियुक्त

नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

२७ वर्षको उमेरमा सीईओ पदभार लिएका उनी  नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएको कम्पनीले बताएको छ ।

आफ्नो करिअरमा खड्काले नेतृत्वदायी भूमिकाको अनुभव बटुली सकेका छन् । उनले खल्तीको व्यवस्थापन समितिसँग मिलेर खल्तीको वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्ने बताइएको छ ।

सीईओमा नियुक्त भएका खड्का भन्छन्, ‘म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरी भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु,’ ।

नयाँ नेतृत्व आएसँगै खल्ती नयाँ उचाइमा पुग्ने कम्पनीको विश्वास रहेको छ । खल्तीको प्रयोग गरी ६० बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।