कीवर्डहरू -

नेपाली बजारमा नोकिया ६३१० सार्वजनिक

नेपाली बजारमा नोकिया ६३१० सार्वजनिक

नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्‍याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो सेटमा पुनः डिजाइन गरिएको कर्भ्ड  स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध छ । यो बनावटले फोनको स्क्रीन स्पष्ट रूपमा हेर्न सघाउन पुग्ने कम्पनीको दाबी छ ।

मोबाइल सेटमा रहेको अलन्यूजुमइन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउने तथा पोलीकार्बोनेट सेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनमा प्रयोग गर्नको पर्याप्त बलियो बनाएको पनि नोकिया दाबी गर्छ ।

सेटमा अक्षर तथा अंक पढ्न सुधारिएको ठूलो फन्ट छ । ह्यान्डसेट प्रयोग गर्न निकै सजिलो हुने कम्पनीले जानकारी दिएको छ ।

यो सेटमा रहेको ब्याट्री हप्ता दिनसम्म टिक्ने हुनाले चार्जर छुट्दा पनि चिन्ता नहुने कम्पनीको दाबी छ । गहिरो गाढा हरियो तथा डेरिंग पहेंलो रंगमा फोन उपलब्ध छ ।

फोनमा कडा पोलीकार्बोनेटको सेल रहेकाले दैनिक जीवनमा आउनसक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको कम्पनीको भनाइ छ । सेटको मूल्य नेपाली बजारमा ६ हजार २९९ रुपैयाँ तोकिएको छ ।