कीवर्डहरू -

कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्‍याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने

कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्‍याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने

कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड मील्सको थिम अन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ लन्च गरेको छ ।

नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले सो फिल्टरको मजा लिनसक्ने कोकाकोलाले जनाएको छ ।

आफू र आफन्तका लागि कोक तथा खाना संयोजन गर्न सकिने फिल्टरमा कोक र मम, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र खानाका संयुक्त प्याकेज देखिनेछ ।

जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् ।