नेपाली बजारमा मोबाइल ब्राण्ड सामसङ स्मार्टफोनको बजार हिस्सा सबैभन्दा अगाडि देखिएको छ । टेक्नोलोजी मार्केट एनालिष्ट फर्म क्यानालिसले सार्वजनिक गरेको सन् २०२१ को तेस्रो त्रैमासिकको प्रतिवेदनमा सामसङको बजार हिस्सा सबैभन्दा बढी देखिएको हो ।
रिपोर्टका अनुसार ३९ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ । त्यस्तै मोबाइल फोन बजार हिस्साको दोस्रो स्थानमा साओमी रहेको छ, जसको बजार हिस्सा २४ प्रतिशत रहेको छ ।
त्यस्तै विश्वमै तिब्र रूपमा आफ्नो बजार विस्तार गरिरहेको मोबाइल ब्राण्ड रियलमी नेपालमा बजार हिस्साको आधारमा तेस्रो नम्बरमा रहेको छ । जसको हिस्सा १४ प्रतिशत छ । रियलमीले अघिल्लो त्रैमासभन्दा २५७ प्रतिशत बढी व्यापार गरेको छ ।
त्यसैगरी उक्त रिपोर्टका अनुसार नेपालको मोबाइल फोनको बजार हिस्साको चौथौं स्थानमा ट्रान्सियन र पाँचौं स्थानमा ओप्पो रहेको छ ।