कीवर्डहरू -

एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने

एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने

अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो । प्रयोगकर्ताहरुले एप्पलको आधिकारिक पूर्जा र टूलहरु प्रयोग गरेर मर्मत गर्न सक्नेछन् ।

यो सुविधा सन् २०२२ को सुरुवातमा अमेरिकाको लागि र वर्षको अन्त्यमा अरु देशहरुका लागि उपलब्ध हुनेछ । सुरुमा कम्पनीले आईफोन १२ वा आईफोन १३ को मर्मत गर्न दिनेछ र त्यसपछि अरु मोडेलहरुमा पनि मर्मत सुविधा दिइनेछ ।

प्रथम चरणमा ब्याट्री, क्यामेरा र डिस्प्लेलाई ममर्त गरिनेछ र त्यसपछि अरु पूर्जाहरुको मर्मत कार्य गरिनेछ । एप्पले ग्राहकहरुलाई रिपेयर म्यानुअल हेरेर चाहिने सामान सेल्फ सर्भिस रिपेयर अनलाइन स्टोरबाट अर्डर गर्न भनेको छ ।

कम्पनीले पुरानो पार्टपूर्जा फर्काउने ग्राहकहरुलाई धन्यवाद पनि ज्ञापन गरेको थियो जसलाई रिसाईकल गरेर कम्पनीले मर्मतका लागि प्रयोग गर्नेछ ।