कीवर्डहरू -

अर्थमन्त्री र अर्थ सचिवले गरे नेपालमै बनेको विद्युतीय बाइक यात्रीको टेष्ट राइड

अर्थमन्त्री र अर्थ सचिवले गरे नेपालमै बनेको विद्युतीय बाइक यात्रीको टेष्ट राइड

मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरसाइकल यात्रीको टेस्ट राइड गरेका छन् । अर्थ मन्त्रालयको परिसरमा मन्त्री शर्मा र सचिव मरासिनीले मोटरसाइकल टेस्ट राइड गरेका हुन् ।

सचिव मरासिनीले मंगलबार एक ट्विट गर्दै नेपालमै बनेको विद्युतीय मोटरबाइकको टेष्ट राइड गरेको जानकारी दिएका थिए । साथै उनले यस्ता घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने समेत बताएका थिए ।

यात्री मोटरकबाइक सन् २०१७ को अन्त्यबाट बनाउन शुरू गरिएको थियो । कम्पनीले सन् २०२१ मा यात्री मोटरसाइकल सार्वजनिक गरेको थियो, जसमा पी जिरो र पी वान थिए ।

कम्पनीले विद्युतीय मोटरसाइकल बनाउन भारत, चीन, अमेरिका, कोरिया लगायतका देशबाट सामान ल्याएको थियो । यात्री मोटरसाइकलको टिममा १६-१७ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्ः यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन