कीवर्डहरू -

एक पटक चार्ज गर्दा ३ दिनसम्म चल्ने फोन सार्वजनिक गर्दै मोटोरोला

एक पटक चार्ज गर्दा ३ दिनसम्म चल्ने फोन सार्वजनिक गर्दै मोटोरोला

मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार एक पटकको चार्जले फोन तीन दिनसम्म निरन्तर प्रयोग गर्न सकिने छ । मोटो जी पावरमा ६.५ इन्चको डिस्प्ले हुनेछ ।

यसको डिस्प्लेमा ७२० पिक्सेल रिजोलुसन प्यानल रहेको छ । ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको यस स्मार्टफोनमा २ मेगापिक्सेलको म्याक्रोक्यामेरा र २ मेगापिक्सेलका डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलका क्यामेरा रहेको छ ।

फोनमा अक्टाकोर मिडियाटेक हिलियो जी ३७ प्रोसेसर रहेको छ । यो फोनमा ४ जीबी र्याम राखिएको छ । यस फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने गर्दछ ।

इन्टर्नल स्टोरेज ६४ जीबी भएको मोडेलको मूल्य २०० अमेरिकी डलर पर्नेछ र १२८ जीबी भएको मोडेलको मूल्य २५० अमेरिकी डलर पर्नेछ ।